काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पार्टी संसदीय दलको नेतामा चयन भएका छन्।
एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैकले नेपाललाई नेता चयन गर्ने निर्णय गरेको हो। नेपाललाई संसदीय दलको नेता चयनका लागि पार्टी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रस्ताव राखेका थिए।
नेपालकै प्रस्तावमा दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरिएको छ।
Facebook Comments Box