काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । उनले सात दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनको आह्वान गरेकी हुन् ।
राष्ट्रपतिले दलहरुलाई पुस १० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको नाम पेस गर्न समय दिएकी छन् ।
धारा ७६ को उपधारा १ अनुसार कुनै दलको बहुमत नपुगेकाले उपधारा २ अनुसार मिलिजुली सरकार बनाउन राष्ट्रपतिबाट आह्वान भएको हो । उपधारा २ मा भनिएको छ( उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछ ।
राष्ट्रपतिले दिएको समयमा अब दलहरुले बहुमतको आधारसहित प्रधानमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।