काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा आएको जनमतका आधारमा आफुहरु प्रतिपक्षमा बस्ने बताएका छन् ।
नेकपा (एमाले) पर्वत-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले एमालेलाई बहुमत प्राप्त नभएको र सिट संख्याको हिसावले दोश्रो पार्टी भएकाले प्रतिपक्षमा बस्ने र सरकारको काम गुण/दोषको हिसावले मूल्याङ्कन गर्ने बताए।
पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको उनले बताए। उनले अहिले पनि समानुपातीकतर्फको मत हेर्दा एमाले नै ठूलो पार्टी बन्न सफल भएको दावी गरे ।
अब पार्टीलाई थप मजबुद बनाउदै एमाले कमजोर पार्न खोज्ने सवै षडयन्त्रलाइ चिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा गएको निर्वाचनमा एमालेका तर्फबाट बिजयी भएकाहरुलाई सम्मान गरिएको थियो ।
Facebook Comments Box