Author: admin

झापा । नेकपा एमालेको भातृ संगठन प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको प्रदेश १ स्तरीय अधिवेशन झापाको बिर्तामोडमा शनिवारदेखि शुरु भएको छ । उक्त अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । इन्जिनियरहरूलाई देशको आवश्यकतालाई मध्यनजर गरेर काम गर्न एमालेका नेताहरूले सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका प्रदेश १ इन्चार्ज देवराज घिमिरेले स्थानीय जनताका आवश्यकता हरेर काम गर्न इन्जिनियरहरूलाई सुझाव दिए । कार्यक्रममा सहभागीहरूले एमालेमा लागेका इन्जिनियरहरूले भ्रस्टाचार नगर्न सुझाव दिएका थिए । एमालेका केन्द्रीय नेतृत्वदेखि जिल्ला तथा नगर नेतृत्वतहसम्मका वक्ताहरूको प्रायः उस्तै सुझाव थियो । पार्टीका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले आफन्त वा आफ्ना वरपरका मानिसहरूका लागि मात्र…

Read More

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन्। उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए। झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेथिति उत्कर्षमा पुगेको बताए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनले दाबी गरे। झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताए। आफूले उक्त…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव अनुसार आज बसेको स्थायी कमिटी बैठकले गुरुङको नाम महासचिवमा अनुमोदन गरेको हो। यस्तै नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा कृष्णबहादुर चयन भएका छन्। गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत उपमहासचिव बनेका छन्। त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीको नाम अनुमोदन भएको छ। पार्टीको कोषाध्यक्ष श्रीराम ढकाल बनेका छन् ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर प्रस्ताव भएका छन् । त्यस्तै, उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् । त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

Read More

काठमाडौं । पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र शनिबारको बैठकले यस विषयलाई टुंग्याउने बताएका छन् । माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी टुङ्ग्याउन सकेको छैन् ।

Read More

काठमाडौं । अहिले बिहान प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान  र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदिप गिरीको अवस्था अत्यन्त चिन्ताजनक रहेको बताइएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत् नेता गिरीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । तर परिवारको आग्रहमा उनलाई शुक्रबारदेखि भेन्टिलेटरबाट निकालिएको छ । उनलाई अत्याधिक मात्रामा अक्सिजन चाहिएको अस्पतालले जनाएको छ ।

Read More

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेका छन् । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस भएको हो । शुक्रबारको बैठकले पदाधिकारी चयन गर्ने भने पनि महासचिवमै सात नेताले दाबी गरेका कारण टुंगो नलागेको बताइएको छ । माओवादीको विधानमा पदाधिकारीको संख्या प्रस्ट नभएकाले अध्यक्ष प्रचण्डले आफ्नो तजबिजमा नेता व्यवस्थापन गर्न २१ सदस्यीय प्रस्ताव गरेका हुन् । अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसकेका छन् ।अब बाँकी नेताहरुको व्यवस्थापन महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा हुनेछ ।

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ।   पार्टी कार्यालय पेरिसडाँडामा केही केरअघि सुरू भएको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने सम्भावना छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटे आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ।  हिजो बस्ने बैठक आजका लागि सरेको थियो ।

Read More

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आजबाट काठमाडौंमा सुरू हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन बिहान ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहनेछन्। भेलामा राजनीतिक प्रतिवेदन, विधान संशोधन, समसामयिक राजनीतिक प्रस्तावमा व्यापक छलफल र बहसद्वारा सर्वसम्मत पारित गर्नेछ।

Read More