काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा केही केरअघि सुरू भएको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने सम्भावना छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्।
अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटे आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ।
हिजो बस्ने बैठक आजका लागि सरेको थियो ।
Facebook Comments Box