काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेका छन् ।
अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस भएको हो ।
शुक्रबारको बैठकले पदाधिकारी चयन गर्ने भने पनि महासचिवमै सात नेताले दाबी गरेका कारण टुंगो नलागेको बताइएको छ । माओवादीको विधानमा पदाधिकारीको संख्या प्रस्ट नभएकाले अध्यक्ष प्रचण्डले आफ्नो तजबिजमा नेता व्यवस्थापन गर्न २१ सदस्यीय प्रस्ताव गरेका हुन् ।
अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसकेका छन् ।
अब बाँकी नेताहरुको व्यवस्थापन महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा हुनेछ ।
Facebook Comments Box