काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव अनुसार आज बसेको स्थायी कमिटी बैठकले गुरुङको नाम महासचिवमा अनुमोदन गरेको हो।
यस्तै नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा कृष्णबहादुर चयन भएका छन्। गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत उपमहासचिव बनेका छन्।
त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीको नाम अनुमोदन भएको छ। पार्टीको कोषाध्यक्ष श्रीराम ढकाल बनेका छन् ।
Facebook Comments Box