Author: admin
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ। समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । आजको बैठकले समितिको सभापति चयन गर्नेछ भने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्ने छ । जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
काठमाडौं। निर्वाचन केन्द्रित योजना बनाउन नेकपा एमालेलेका विभिन्न कमिटीका बैठक आजदेखि सुरू भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक गर्न लागेको हो। जसअनुसार आज स्थायी कमिटीको पहिलो बैठक बस्दैछ। एमालेले ९ गतेका लागि पोलिटब्यूरो बैठक र १० र ११ का लागि केन्द्रीय कमिटीको बैठक राखेको छ। १२ गते अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा बनेको निर्वाचन परिचालन कमिटीको बैठक बस्ने बताइएको छ।
काठमाडौँ । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ । प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो । शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ । तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ । राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो । राष्ट्रपतिले पुनर्विचार…
काठमाडाैँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूकाे बैठक मंगलबार बस्दैछ। आज अपरान्ह ३ बजे बस्ने बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभाकाे लागि सिट बाडफाँटबारे छलफलकाे तयारी रहेकाे छ। बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेकाे हाे। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ। जसकारण गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।
काठमाडौं । चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ । विगतमा भएको तीनबुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले नेकपालाई फकाउन थालेको हो । सरकारका दुई मन्त्री र महान्यायाधिवक्ताले एकसाथ पत्रकार सम्मेलन गरेर चन्द नेतृत्वको नेकपाले राखेका मागको सम्बोधनका क्रममा विगतको सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताएका हुन् । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेका बेला नेकपाले त्यसलाई बहिष्कार गर्ने चर्चा चलाइरहेको छ । त्यसैले सोमबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले चन्द…
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो । जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।
झापा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा आफू हारेर भए पनि झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देनलाई जिताएको दाबी गरेका छन् । झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग अनुनय विनय गरेर भए पनि हाल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन आफूले भूमिका खेलेको उनले बताएका हुन् । झापाको बिर्तामोडमा सोमबार राप्रपा नेपाल झापा जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले झापामा एमालेसंगको सहकार्यले मकवानपुरमा कांग्रेसका कार्यकर्ताले आफूलाई भोट नदिने कुरा आफूलाई थाह भएको बताए । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजेन्द्र लिङ्देनलाई निर्मल निवासले उचालेको दोहोर्याए…
काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ। गिरिको शनिबार बेलुकी निधन भएको थियो। उनको आइतबार अन्त्येष्टि गरिएको थियो। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा गिरिको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाका अनुसार प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बिहान १० बजे बस्नेछ। साथै गिरिको निधनमा राष्ट्रिय सभा बैठकबाट पनि शोक प्रस्ताव पारित भएको छ।
काठमाडौँ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा एउटै घोषणापत्र लिएर जाने भएका छन् । ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एउटै घोषणापत्र लिएर जाने समझदारी बनाएको नेकपा एसका अध्यक्ष नेपालले बताए। यसबाहेक एकता संयोजन समिति गठन गरेर एकताको गृहकार्य अगाडि बढाउनेबारे समेत छलफल भएको थियो।
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान सुरू गरेको छ । गत शनिबार आयोजित आमसभाबाट न्यायालय र प्रहरीविद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो । छानविनको खबरसँगै खानका समर्थकहरू उहाँको घर अगाडि भेला भएर पक्राउ गरिए सत्ता पलट गरिदिने चेतावनी दिएका छन् । गत चैतमा संसदमा बहुमत गुमाएर हटेलगत्तै उनले सेना र सरकारको कडा आलोचना गर्दै आएका छन् । खानले आफ्ना निकट सहयोगीलाई यातना दिएको आरोप लगाउँदै आउनुभएको छ । गत शनिबारको आमसभामा खानले इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिईएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी दिएका…