झापा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा आफू हारेर भए पनि झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देनलाई जिताएको दाबी गरेका छन् ।
झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग अनुनय विनय गरेर भए पनि हाल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन आफूले भूमिका खेलेको उनले बताएका हुन् ।
झापाको बिर्तामोडमा सोमबार राप्रपा नेपाल झापा जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले झापामा एमालेसंगको सहकार्यले मकवानपुरमा कांग्रेसका कार्यकर्ताले आफूलाई भोट नदिने कुरा आफूलाई थाह भएको बताए ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजेन्द्र लिङ्देनलाई निर्मल निवासले उचालेको दोहोर्याए ।
आफूले विगतमा गरेको कमजोरीकै कारण धेरै समय राजनीतिमा भूमिकाबिहीन भएर बस्नुपरेको उनले दुःखेसो पोखे ।