काठमाडाैँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूकाे बैठक मंगलबार बस्दैछ।
आज अपरान्ह ३ बजे बस्ने बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभाकाे लागि सिट बाडफाँटबारे छलफलकाे तयारी रहेकाे छ।
बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेकाे हाे।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ। जसकारण गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।
Facebook Comments Box