काठमाडौं। निर्वाचन केन्द्रित योजना बनाउन नेकपा एमालेलेका विभिन्न कमिटीका बैठक आजदेखि सुरू भएको छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक गर्न लागेको हो।
जसअनुसार आज स्थायी कमिटीको पहिलो बैठक बस्दैछ। एमालेले ९ गतेका लागि पोलिटब्यूरो बैठक र १० र ११ का लागि केन्द्रीय कमिटीको बैठक राखेको छ। १२ गते अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा बनेको निर्वाचन परिचालन कमिटीको बैठक बस्ने बताइएको छ।
Facebook Comments Box