Author: admin
काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ । पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो । पार्टीको कार्यदिशाा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा रहेका छन् । विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरुले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् । तर, कम्युनिष्ट पृष्ठभूमिभन्दा बाहिर विपभन्न पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरुले भने गैरवाम नाम राखेर जानुपर्नेमा जोड दिएका छन् । छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डा बाबुराम भट्टराईले तत्कालका लागि बाम लोकतान्त्रिक…
काठमाडौं । १८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् । ‘प्लस टु अध्ययन गर्दागर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन् । काभ्रे पाँचखाल नगरपालिका–११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल वैशाख २० गते घरबाटै फकाएर दिल्ली पुर्याएका थिए । ‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निशुल्क पासपोर्ट बनाइदिए । पीडितले भनिन्, ‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइनँ…
काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्न बनेको निर्देशिका मन्त्रिपरिषद्को आर्थिक समितिबाट पारित गरेको छ । सोमबार बसेको समितिको बैठकबाट ‘अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका–२०७३’ पारित गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । कतिपय अनलाइन सञ्चारमाध्यमहरुले मनपरी सूचना प्रवाह गरेर समाजमा भ्रम सिर्जना गर्ने गरेको गुनासा आइरहेका बेला सरकाले सो महत्वपूर्ण निर्देशिका पारित गरेको हो । पारित निर्देशिकामा मनपरी समाचार सम्प्रेशण गर्ने अनलाइनलाई जुनसुकै बेला पनि सरकारले अबरुद्ध पार्न सक्नेसम्मको व्यवस्था गरिएको छ । निर्देशिकामा अनलाइन सूचना विभागमा दर्ता गरेरमात्रै सञ्चालन गर्नुपर्ने, हरेक वर्ष अनिवार्यरुपमा नविकरण गर्नुपर्ने, अनलाइनमा प्रकाशक तथा सम्पादकको नाम तथा ठेगाना स्पष्ट रुपमा उल्लेख…
बैगुनधुरा । झापाको बैगुन्धुरामा सञ्चालित क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधी बीसीसी क्लव दमकले जितेको छ । नेपाल तरुण दल बैगुन्धुरा गाऊँ समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा आयोजक बैगुन्धुरा ‘ए‘ लाई २४ रनले हराउदै दमकले उपाधी उचालेको हो । टस जितेर बैगुन्धुराले फिल्डिङ्ग रोजेपति ब्याटिङ्ग गरेको दमकले निर्धारित २० ओभरमा १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य लिएर मैदान उत्रिएको बैगुन्धुरा १९ ओभर १ बल खेल्दै ८० रनमा समेटिएको हो । जितसँगै दमकले २५ हजार नगद सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको बैगुन्धराले १५ हजारमा चित्त बुझाएको छ । विजेता खेलाडीहरुलाई समापन…
एजेन्सी । सम्भवत हाम्रा अभिभावले हामीलाई उत्तरतर्फ शिरान गरेर नसुत्न सुझाब दिने गर्छन् । अन्धविश्वासी धारणा भन्दै कतिपयले यसलाई खासै पालना गर्दैनन् । तर यसका पछाडि वैज्ञानिक कारण पनि रहेका छन् । शरिर यसरी डिजाइन भएको हुन्छ मानिसको मुटु शरिरको आधा भाग भन्दा माथि रहेको हुन्छ । यो शरिरको तीन चौथाई भागमा हुन्छ । शरिरको माथिल्लो भागमा रगत पम्प गर्न तल भन्दा गाह्रो हुन्छ । शरिरको माथिल्लो भागमा रगत पुयाउने रक्त धमनी तल जाने भन्दा बढी व्यबस्थित हुन्छन् । जब यी धमनी दिमागमा पुग्छन्, उनीहरु कपालको रौ जत्रो हुन्छ । जसका कारण उनीहरुले एउटा थोपा बढी रगत लैजान सक्दैनन् । यदि…
एजेन्सी । फेसबुकले आफ्नो ‘मोमेन्टस्’ (Moments) एप डाउनलोड गर्नको लागि वार्निङ (Warning) म्यासेज पठाउन सुरु गरेको छ। यदि प्रयोगकर्ताले यो एप डाउनलोड नगरेमा सिंक (Sync) गरिएको फोटो ७ जुलाईसम्ममा डिलिट हुने कम्पनीले जनाएको छ। सन् २०११ मा पनि कम्पनीले यस्तै प्रकारमो फोटो सिंक गर्ने फिचर उपलब्ध गराएको थियो। केही समय पछि कम्पनीले आईओएस र एन्ड्रोइडका लागि मोमेन्टस् एप उपलब्ध गराएको थियो।
काठमाडौं, ३१ जेठ । व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिले ललितपुर जावलाखेलको चिडिया खाना साँघुरो भएको भन्दै चिडिया खाना विस्तार गर्न वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा सोमबार बसेको समिति बैठकले जावलाखेल स्थित सदर चिडियाखाना साघुरो भएकोले भक्तपुरकाे सूर्यविनायकमा विस्तार गर्न निर्देशन दिएको समिति सभापति डा रवि शर्मा अर्यालले जानकारी दिनुभयो । ६ हेक्टर क्षेत्रफलमा फैलिएको जावलाखेलको चिडियाखानामा करिब १०४ प्रजातिका विभिन्न वन्यजन्तुहरु प्रदर्शनीमा रहेका छन् । ‘हात्ती, गैडा, बाघ, भालु, हिप्पो, नीलगाई जस्ता ठुला स्तनधारी वन्यजन्तु लगायत विभिन्न प्रकारका अन्य वन्यजन्तुहरु रहेको उक्त स्थान ज्यादै साँधुरो हुन पुगेकोले सो चिडियाखानाको…
एजेन्सी: अमेरिकाको फ्लोरिडास्थित ओरल्यान्डो शहरको एक नाइट क्लबमा आइतबार भएको गोलाबारीका क्रममा मर्नुअघि एक छोराले ह्वाट्सएपमार्फत म्यासेज गरेर ज्यान बचाउन सहयोग मागेको खुलेको छ । गोलीबारीका क्रममा नाइट क्लबको बाथरुममा थुनिएका ३० वर्षीय एडीले आफ्नो मोबाइलबाट ह्वाट्सएप प्रयोग गरी त्यहाँ भइरहेको सबै गतिविधिबारे आफ्नी आमालाई बताइरहेका थिए । उनले त्यही क्रममा आफ्नी आमालाई लगातार गोलीबारीबारेमा पुलिसलाई फोन गर्न भन्दै म्यासेज पनि पठाइरहेका थिए । मिना जस्टिस नामकी एक महिलाले क्लब बाहिर पुगेर बारम्बार आफ्नो छोरोबारे सोधीखोजी गरिरहेकी थिइन् । ‘आइतबार बिहान क्लबभित्र मेरो ३० वर्षीय छोरो थुनिएको थियो’, उनले भनिन्, ‘मेरो छोरोले मोबाइल सन्देश पठाएर गोलीबारी भएको सूचना पुलिसलाई दिन…
पीर, चिन्ता र तनाव कसलाई हुँदैन । आफ्ना काम, घरपरिवार र समाजका कारण कति तनाव आइलाग्छन् भने कति आफ्नै कारण । खाशमा तनावले पिछै छाड्दैन कसैलाई । यसबिचमा पनि कति मान्छ हाँसिला देखिन्छन् र हँसिलो देखिने मान्छे राम्रा देखिन्छन् । यसका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन् । खुशी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन् । संसारमा कोही पनि सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन । त्यही भएर ‘मेरो चिउँडो ठूलो भयो, आँखामा दाग छ, नाक चुच्चो भयो’ जस्ता कुरामा चिन्ता नलिनुस् र ‘ममा जस्तै कुनै कुराको कमी सबैमा हुन्छ’ भन्ने कुरा सहज रूपमा स्वीकार गर्नुस् ।…
काठमाडौँ । भारतको नयाँदिल्ली स्थित गुडगाँउमा हालै सम्पन्न ‘वर्ल्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा नेपाली न्युरोसर्जन डा. अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ । डा.थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पुर्याएर निकाल्ने तरिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा प्रस्तुत कार्यपत्रमा उनले स्पाइनमा देखिने ट्युमरहरु तुलनात्मक रूपमा अत्यन्त जटिल मानिने भएकाले तिनलाई निकाल्दा हाड काटेर निकाल्नुपर्ने र साथमा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने अनि लामो समयसम्म आराम गर्नुपर्ने तुलनात्मक अध्ययन बारे चर्चा गरेका थिए । तर, पछिल्ला दिनहरूमा उपलब्ध ‘युनिल्याटरल लिमिटेड हम्मिल्यामाइनेक्टोमी’ लगायतका प्रविधिबाट ट्युमर निकाल्दा बिरामीले लामो समयसम्म अस्पताल बस्नु नपर्ने र घाउ समेत छिटो निको…