काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ । पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो । पार्टीको कार्यदिशाा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा रहेका छन् । विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरुले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् ।
तर, कम्युनिष्ट पृष्ठभूमिभन्दा बाहिर विपभन्न पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरुले भने गैरवाम नाम राखेर जानुपर्नेमा जोड दिएका छन् । छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डा बाबुराम भट्टराईले तत्कालका लागि बाम लोकतान्त्रिक चरित्रको सिद्धान्त अवलम्बन गरेर गए पनि आगमी वर्षभित्र उपयुक्त विकल्प खोजेर परिवर्तन गर्न सकिने बताएका थिए । नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य केशव अर्यालले सिद्धान्तका विषयमा कसरी अगाडि बढ्ने भनेर पनि प्रतिनिधिहरुबीच छलफलभइरहेको बताए ।
उनले बाम र गैरवामका विषयमा विवादभन्दा पनि कसरी अगाडि बढ्दा राम्रो हुन्छ भनेर सुझाव मात्रै आएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।