काठमाडौं । १८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् ।
‘प्लस टु अध्ययन गर्दागर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन् । काभ्रे पाँचखाल नगरपालिका–११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल वैशाख २० गते घरबाटै फकाएर दिल्ली पुर्याएका थिए ।
‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निशुल्क पासपोर्ट बनाइदिए । पीडितले भनिन्, ‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइनँ ।’ कक्षा ११ को अध्ययन गर्दैगर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुर्याई बिक्री गरेर फर्किएका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ