Author: admin

काठमाडौं । सरकारको नेतृत्व फर्नेबारे गत बैशाख २३ मा भएको भनिएको ‘भद्र सहमति’लाई लिएर सत्तारुढ दुई प्रमुख दल एमाले र माओवादी केन्द्रबिच किचलो भएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । प्रधानमन्त्री केपी ओलीले नौं बुँदेबाहेक अरु कुनै भद्र सहमति नभएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले बिहिबार एक सार्वजनिक कार्यक्रममा बोल्दै त्यस्तो सम्झौता भएको छ भने लिएर आउन चुनौति दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरुले भने बजेट पारित भएपछि सरकार फेर्ने समझदारी भएको जिकिर गर्दै आएका छन् । यसविषयमा एमाले वरिष्ठ नेता झलनाथ खनालले समेत नौं बुँदे हुँदा भद्र सहमति भएको भन्दै समयक्रमसँगै सो बाहिर आउने बताएका छन्…

Read More

काठमाडौँ । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त गरी पहिलो भएको जानकारी दिए। यस्तै, नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले ३४.१६ प्रतिशत अर्थात् १६ हजार २५९ मत ल्याई दोस्रो, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १०.५७ प्रतिशत अर्थात् पाँच हजार २९ मत ल्याई तेस्रो र मधेसी दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च ७।४८ प्रतिशत अर्थात् तीन हजार ५६१ मत प्राप्त गरी चौथा भएका छन् । कुल मतदाता ५५ हजार ३२९…

Read More

पाँचथर ।  जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो । सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइसकेको छ । अन्य विभिन्न गाविसका गरी आठ बिरामी उपचाररत छन् । च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

Read More

एजेन्सी: ह्वाट्स एपले भर्खरै सुरु गरेको च्याट म्यासेन्जर एण्ड टू एण्ड एन्क्रिप्शन अब फेसबुकले पनि आफ्नो च्याट म्यासेन्जरमा सुरु गर्ने भएको छ।    बेलायतको चर्चित पत्रिका गार्जियनको रिपोर्ट अनुसार यो प्रोजेक्टलाई नजिकबाट हेर्ने विज्ञहरुले म्यासेन्जर प्रयोग गर्नेहरुलाई एपमा गोपनीयताको पनि अपशन राख्न सकिने बताएका छन्।  यसअघि फेसबुक, ह्वाट्‌‌स एप लगायत सामाजिक सञ्जालको म्यासेजर च्याटलाई सरकारी निकायले सार्वजिनक रुपमा हेर्न मिल्ने सुविधा दिइएको थियो। तर अब म्यासेन्जरको च्याट फेसबुकमा र सरकारी निकायले हेर्न नसक्ने भएका छन्।    यसपछि अब फेसबुक म्यासेन्जर चलाउने प्रयोगकर्ताले एन्क्रिप्शन आफैले छान्न पाउनेछन् र आफ्नो गोपनियता आफै कायम गर्न सक्नेछन्।    तर फेसबुकले पछिल्लो पटक गरेको परीक्षणमा…

Read More

एजेन्सी । चीनको अनलाइन कम्पनी अलिबाबाले सेक्युरिटी एप सार्वजनिक गरेको छ।   कम्पनीले ‘प्राइभेसी नाइट’ (Privacy Knight)  नामक एप सार्वजनिक गरेको हो।   यस एपले प्रयोगकर्ताको अनुहारलाई पहिचान गरी फोनलाई सुरक्षित बनाउने कम्पनीको भनाइ छ।   यसमा एक सेकेन्ड लामो लेल्फी ‘फेस लक’ का माध्यमले फोनलाई ९९ प्रतिशत सुरक्षित बनाउन सकिने कम्पनीले जनाएको छ।   साथै यसमा प्याटर्न लक र कोड पनि राख्न सकिन्छ।   यसलाई प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ। 

Read More

काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भलोकाे लागि धर्ती छाड्न तयार रहेको बताएका छन् । आफूले नाफाको जिन्दगी पाएकाले सकेसम्म देशको हितमा काम गर्ने एकमात्र उद्देश्य रहेको उनले बताए। मानव अधिकार एलायन्सले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले दाउपेचकाे खेलले कसैको हित नगर्ने बताए । वृद्धवृद्धाको भत्ता बढाएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको आशीर्वादले नै आफू यहाँसम्म आइपुगेको बताए ।

Read More

सोलुखुम्बु, २० जेठ । हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजाराैँ आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो । अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने १२ जना कर्मचारी मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिनुभयो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १६ (मे २९) भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १९ गते (जुन १) भित्र आधार शिविर खाली गरिसक्नुपर्ने सरकारी नियम छ । धेरैजसो आरोही जेठको १४/१५ गते…

Read More

काठमाण्डाैं । मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी केन्द्रका सात मन्त्रीहरु अनुपस्थित भएका छन्। सिँचाइमन्त्री उमेश यादव मात्रै बैठकमा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार विहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएको बैठकमा माओवादीका सात जना मन्त्रीहरु अनुपस्थित भएका हुन् । माओवादीका ८ मन्त्री मध्ये सिंचाइमन्त्री यादव मात्र बैठकमा सहभागी भएका थिए । सूचना तथा संचारमन्त्री शेरधन राईले माओवादी मन्त्रीहरु पार्टीको आन्तरिक बैठकमा व्यस्त भएका कारण मन्त्रीपरिषद्को बैठकमा अनुपस्थित भएको बताए । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको विषयलाई लिएर दुई दिनयता प्रधानमन्त्री र माओवादीबाट प्रतिनिधित्व गर्ने गृहमन्त्री शक्तिबहादुर बस्नेतबीचको सम्बन्ध चिसिएको छ । संचारमन्त्री राईले भने मन्त्रीपरिषद्का…

Read More

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र गठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रवीच मतभेद चुलिँदै गएको सिडियो सरुवा प्रकरणले सार्वजनिक गरेको छ। नागरिक दैनिकमा समाचार छ। माओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री ओलीको निर्देशन, सचिव वैठक र प्रचलित नियमसमेत मिचेर आर्थिक वर्षको अन्त्यमा मंगलबार १५ प्रमुख जिल्ला अधिकारीसहित ५१ जना उपसचिव सरुवा गरेपछि विवाद चुलिएको हो। गृहको निर्णय थाहा पाएलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्रीसँग असन्तुष्टि व्यक्त गर्दै निर्णय तत्काल सच्याउन निर्देशन दिएका थिए। ओलीले मंगलबार राति नै गृहमन्त्री बस्नेतलाई फोन गरी नियमविपरीत सिडियोसहितका कर्मचारी  सरुवा निर्णय तत्काल बदर गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।

Read More

भारतले वीरगज–रक्सौल नाकास्थित सीमापार भन्सार कार्यालय १३ किलोमिटर टाढा सार्ने अन्तिम तयारी गरेको छ। नागरिक दैनिकमा समाचार छ। शुक्रवारबाट सञ्चालन गर्ने गरी नयाँ भन्सार कार्यालय तयार पारिएपछि नेपाल पक्षले भन्सार पार गराउन १३ किलोमिटर पर जानु पर्नेछ। यसले भन्सार प्रक्रियामा नेपाली पक्षलाई समस्या र झन्झट बढाउने उद्योगीले वताएका छन्। वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको सीमापारीको भारतीय भन्सार कार्यालय यहाँबाट पश्चिम अलौंमा रहेको आइसीपीको भारततर्फको प्रागंणमा सार्न लागिएको हो। त्यहाँ पुग्न रक्सौलदेखि दक्षिण गम्हरियानजिकको हर्दियाबाट राजमार्ग  निस्किने बाइपास सडक भएर जानुपर्ने हुन्छ। नेपाल-भारत सीमास्थित वीरगन्जको अलौंमा बन्दै गरेको एकीकृत जाँच चौकीको भारततर्फको निर्माण सम्पन्न भएपनि नेपालतर्फ भने निर्माण अधुरै छ। भारतले एकतर्फी…

Read More