पाँचथर । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो ।
सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइसकेको छ ।
अन्य विभिन्न गाविसका गरी आठ बिरामी उपचाररत छन् ।
च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comments Box