एजेन्सी ।
चीनको अनलाइन कम्पनी अलिबाबाले सेक्युरिटी एप सार्वजनिक गरेको छ।
कम्पनीले ‘प्राइभेसी नाइट’ (Privacy Knight) नामक एप सार्वजनिक गरेको हो।
यस एपले प्रयोगकर्ताको अनुहारलाई पहिचान गरी फोनलाई सुरक्षित बनाउने कम्पनीको भनाइ छ।
यसमा एक सेकेन्ड लामो लेल्फी ‘फेस लक’ का माध्यमले फोनलाई ९९ प्रतिशत सुरक्षित बनाउन सकिने कम्पनीले जनाएको छ।
साथै यसमा प्याटर्न लक र कोड पनि राख्न सकिन्छ।
यसलाई प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।
Facebook Comments Box