काठमाण्डाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भलोकाे लागि धर्ती छाड्न तयार रहेको बताएका छन् । आफूले नाफाको जिन्दगी पाएकाले सकेसम्म देशको हितमा काम गर्ने एकमात्र उद्देश्य रहेको उनले बताए।
मानव अधिकार एलायन्सले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले दाउपेचकाे खेलले कसैको हित नगर्ने बताए ।
वृद्धवृद्धाको भत्ता बढाएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको आशीर्वादले नै आफू यहाँसम्म आइपुगेको बताए ।
Facebook Comments Box