काठमाडौं । सरकारको नेतृत्व फर्नेबारे गत बैशाख २३ मा भएको भनिएको ‘भद्र सहमति’लाई लिएर सत्तारुढ दुई प्रमुख दल एमाले र माओवादी केन्द्रबिच किचलो भएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रधानमन्त्री केपी ओलीले नौं बुँदेबाहेक अरु कुनै भद्र सहमति नभएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले बिहिबार एक सार्वजनिक कार्यक्रममा बोल्दै त्यस्तो सम्झौता भएको छ भने लिएर आउन चुनौति दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरुले भने बजेट पारित भएपछि सरकार फेर्ने समझदारी भएको जिकिर गर्दै आएका छन् । यसविषयमा एमाले वरिष्ठ नेता झलनाथ खनालले समेत नौं बुँदे हुँदा भद्र सहमति भएको भन्दै समयक्रमसँगै सो बाहिर आउने बताएका छन् ।
Facebook Comments Box