Author: admin
झापा । फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुईजनालाई इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरेको छ । प्रहरीले शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न विदेशी मानिसको नाममा फेसबुक आइडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । भट्टराई र हकले फेसबुक आइडीमार्फत् सर्वसाधारणलाई साथी बनाउने गरेका थिए । त्यसपछि कुनै विदेशी कम्पनीको नाम भन्दै चिठ्ठा परेकाले बैङ्क खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका थिए । उनीहरुले लक्की ड्र मार्फत् तपार्इंलाई ठुलो परिमाणमा रकम तथा विभिन्न उपहारहरु परेको भन्दै प्रलोभन देखाउने गरेको इप्रका विर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए ।…
बझाङ । शनिबार राति परेको पानीसँगै आएको पहिरोले जयपृथ्वी राज मार्ग अबरुद्ध भएको छ । जाल्या बगर नजिक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने गाडी तमैल बजार र जाल्या बगरमा रोकिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भएपनि खुल्न अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान मासाचुसेस्टसमा भएको क्वाटरफाइनलमा भेनेजुएलालाई ४–१ ले हराएर अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ६० औं मिनेटमा गोल गरे । ७० औं मिनेटमा सालोमोन रोनडनले भेनेजुएलाका लागि एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । तर त्यसको एक मिनेटपछि नै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को जित दिलाए । भेनेजुएलला पेनाल्टीमा गोल गर्नबाट चुक्यो । अर्जेन्टिना समूह चरणका सबै खेलमा जित्दै समूह डीको विजेता बनेर अन्तिम ८ मा आएको हो । यस्तै भेनेजुएला भने समूह…
काठमाण्डाैं । विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्यो। त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’मार्फत परीक्षण गर्दा आवाज साहकै भएको पुष्टि भयो। कान्तिपुर दैनिकमा खबर छ । पक्राउ परेका अन्य आरोपीको बयानसँगै आवाज परीक्षणको प्रमाणले उनी पुर्पक्षका लागि थुनामा गए। साह प्रहरी अपराध महाशाखामा कार्यरत थिए। साहमाथिको अनुसन्धान प्रहरीले सुरु गरेको आधुनिक प्रविधिमा आधारित अनुसन्धानको प्रमावकारिताको सफल नतिजामध्ये एक हो।…
काठमाण्डौँ । आपूर्तिमन्त्री गणेशमान पुनले १२ फागुनमा धादिङमा एचपी र सुगम ग्यासको निरीक्षण गर्दा सिलिन्डरको हाइड्रोलिक र हाइड्रोस्टेटिक परीक्षण नगरेको भेटिएको थियो । तर, अयोग्य सिलिन्डर नै भरिएर बजार पुगेकाले दुर्घटना भएका छन् । ७ जेठमा पाटनमा एचपीको सिलिन्डर पड्किएर तीनजनाको ज्यान गयो । ३१ वैशाखमा कालिमाटीमा सुगमको सिलिन्डर पड्केर एकको मृत्यु भयो, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । ग्यास पड्कने ६ कारण , विश्वबाबु पुडासैनी महानिर्देशक, गुणस्तर तथा नापतौल विभाग नेपालमा उत्पादन हुने र आयात हुने ग्यास सिलिन्डरको गुणस्तर ‘नेपाल गुणस्तर ऐन’ले तोकेअनुसार नै नियमन भइरहेको छ । ग्यास उद्योगले नयाँ खरिद गरेको सिलिन्डरलाई गुणस्तर विभागले तोकिएको…
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गत जेठ २७ गते आह्वान गरेको नेपाल बन्दमा सवारी साधन बाक्लै चले, उद्योग-कलकारखानामा पनि खासै अवरोध पुगेन, बजारमा पनि चहलपहल रह्यो। कार्यालय जानेहरूले निरन्तरता पाए। तर शान्ति क्षेत्र घोषणा गरिएका विद्यालयहरू ठप्प भए। बन्दबारे अनभिज्ञ कतिपय बालबालिका विद्यालय पुगेर निरास हुँदै फर्के। कतिपय बीच बाटोबाटै घरतिर मोडिए। बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने भन्नेमा अभिभावकलाई अघिल्लो दिनदेखि नै तनाव भयो । हरेक बन्द, हडताल र विरोधका कार्यक्रमका बेला बालबालिका यसरी नै शिक्षा आर्जनबाट वञ्चित हुने गरेका छन्। एक महिनाअघि माओवादीले नै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न राजधानीको टुँडीखेलमा निकालेको जुलुसमा हजारौं बालबालिकालाई…
काठमाण्डाैं । ६ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यस वर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। उनले रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा पब्लिक उच्च माविबाट एसएलसीमा यो सफलता चुमेकी हुन्। पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यस वर्ष अहिलेसम्म समीक्षाबाहेक अरू कसैले ४ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याएको दाबी गरेको छैन। समीक्षाले भविष्यमा चिकित्सक बनेर समाजमा योगदान गर्ने सपना साँचेकी छन्। परिवार र शिक्षकको सहयोगका कारण आफूले एसएलसीमा यस्तो नतिजा हात पारेको समीक्षाले बताइन्। उनले अबको अध्ययनमा यस्तै नतिजा ल्याउने दृढतासमेत व्यक्त गरिन्। चिकित्सक बन्न विज्ञान विषय लिएर प्लस टु पढ्ने योजना भए पनि बुटवल…
ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङ–३ की राममाया विक तमोर नदीमा एक्कासि हाम फालेर बेपत्ता भएकी छन् । खोक्लिङका लक्ष्मी गिरीको खेतमा रोपाइँको काम गर्न गएकी ४६ वर्षीय विक शनिबार दिउँसो १२ बजे एक्कासि नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार सँगै काम गरिरहेका अन्य साथीलाई छाडेर नदीमा पुगेको र एक्कासि हाम फालेर विक बेपत्ता भएकी हुन् । बेपत्ता विक खोक्लिङ–३ का बलबहादुर विककी श्रीमती हुन् । उनको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । नदीमा हाम फाल्नुको कारण खुलेको छैन ।
भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा कमल गुरागाईँ नियुक्त भएका छन् । खबरमञ्च डट कम सँग कुरा गर्दै गुरागाईँले त्रिभुवन विश्वविद्यालयले शुक्रबार प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको भएपनि चिठी भने अाइतबार मात्र आइपुग्ने बताए । गुरागाईँ २०४० सालदेखि मेची बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् । उनले चिठी आएपछि पदभार ग्रहण गर्नेछन् । यस अघिका प्रमुख उमानाथ ओलीको गत बैसाख २५ गते पदावधि समाप्त भएपछि बासु न्यौपानेलाई तीन महिनाको लागि क्याम्पस प्रमुखमा नियुक्त गरिएकाे थियाे ।
काठमाडौं । भूकम्प प्रविधी राष्ट्रिय समाज नेपाल एनसेटले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंसहित नुवाकोट, धादिङ र दोलखामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । भूकम्पीय सुरक्षा अभिबृद्धिका लागि पुन प्रतिज्ञाको दिन भन्ने दिवसको मुख्य नारा तय गरेर एनसेटले कार्यक्रम गरिरहेको हो । भूकम्प लगायत प्राकृतिक विपदको उच्च जोखिममा रहेको नेपालमा २३ वर्षदेखि यो जोखिमबाट हुने नोक्सानी कम गर्न एनसेटले विभिन्न कार्यक्रम गरिरहेको छ । गएको वर्षको भूकम्पपछि घर तथा अन्य भवन भूकम्पप्रतिरोधी बनाउनुपर्ने यथार्थलाई नागरिकले झनै आत्मसाथ गर्नुपर्ने देखिएकाले पनि भूकम्प प्रतिरोधी पुननिर्माणका लागि एनसेटले बलियो घर लगायत परियोजना सञ्चालन गरिरहेको छ ।