काठमाडौं । भूकम्प प्रविधी राष्ट्रिय समाज नेपाल एनसेटले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंसहित नुवाकोट, धादिङ र दोलखामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ ।
भूकम्पीय सुरक्षा अभिबृद्धिका लागि पुन प्रतिज्ञाको दिन भन्ने दिवसको मुख्य नारा तय गरेर एनसेटले कार्यक्रम गरिरहेको हो । भूकम्प लगायत प्राकृतिक विपदको उच्च जोखिममा रहेको नेपालमा २३ वर्षदेखि यो जोखिमबाट हुने नोक्सानी कम गर्न एनसेटले विभिन्न कार्यक्रम गरिरहेको छ ।
गएको वर्षको भूकम्पपछि घर तथा अन्य भवन भूकम्पप्रतिरोधी बनाउनुपर्ने यथार्थलाई नागरिकले झनै आत्मसाथ गर्नुपर्ने देखिएकाले पनि भूकम्प प्रतिरोधी पुननिर्माणका लागि एनसेटले बलियो घर लगायत परियोजना सञ्चालन गरिरहेको छ ।
Facebook Comments Box