एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान मासाचुसेस्टसमा भएको क्वाटरफाइनलमा भेनेजुएलालाई ४–१ ले हराएर अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा
हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ६० औं मिनेटमा गोल गरे ।
७० औं मिनेटमा सालोमोन रोनडनले भेनेजुएलाका लागि एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । तर त्यसको एक मिनेटपछि नै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को जित दिलाए ।
भेनेजुएलला पेनाल्टीमा गोल गर्नबाट चुक्यो । अर्जेन्टिना समूह चरणका सबै खेलमा जित्दै समूह डीको विजेता बनेर अन्तिम ८ मा आएको हो ।
यस्तै भेनेजुएला भने समूह सीको उपविजेता बनेर क्वाटरफाइलनमा आएको हो । अर्जेन्टिनाले सेमिफाइनलमा अमेरिकासँग खेल्नेछ ।
कोपा अमेरिकाको इतिहासमा अर्जेन्टिनाले तेस्रो पटक अमेरिकासँग खल्ने भएको हो । मेस्सीले यो कोपा अमेरिकामा चार गोल गरेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।