भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा कमल गुरागाईँ नियुक्त भएका छन् ।
खबरमञ्च डट कम सँग कुरा गर्दै गुरागाईँले त्रिभुवन विश्वविद्यालयले शुक्रबार प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको भएपनि चिठी भने अाइतबार मात्र आइपुग्ने बताए ।
गुरागाईँ २०४० सालदेखि मेची बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
उनले चिठी आएपछि पदभार ग्रहण गर्नेछन् । यस अघिका प्रमुख उमानाथ ओलीको गत बैसाख २५ गते पदावधि समाप्त भएपछि बासु न्यौपानेलाई तीन महिनाको लागि क्याम्पस प्रमुखमा नियुक्त गरिएकाे थियाे ।
Facebook Comments Box