बझाङ । शनिबार राति परेको पानीसँगै आएको पहिरोले जयपृथ्वी राज मार्ग अबरुद्ध भएको छ । जाल्या बगर नजिक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने गाडी तमैल बजार र जाल्या बगरमा रोकिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भएपनि खुल्न अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
Facebook Comments Box