Author: admin

काठमाण्डाै‌ं‌ ।  कोपा अमेरिका फुटबलमा राम्रो प्रदर्शन गरिरहेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । मेस्सीले अहिलेसम्म राष्ट्रिय टिमबाट ५५ गोल गरेका छन् । कोपा अमेरिकाको सेमिफाइनल अन्तर्गत बुधबारबार बिहान अमेरिकालाई ४–० ले हराउँदा एक गोल गरेका मेस्सीले गाब्एिल बातिस्तुताको कीर्तिमान तोडेका हुन् । बातिस्तुताले राष्ट्रिय टिमबाट ५४ गोल गरेका थिए । उनी अर्जेन्टिनाका सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीले आफ्ना लागि व्यक्तिगत उपलब्धी भन्दा पनि टिमको जित महत्वपूर्ण रहेको बताए । – एजेन्सीको सहयोगमा

Read More

काठमाण्डौ । सरकारले सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान पठाएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरी शर्माका अनुसार आज बिहान साढे ३ बजे काबुलको लागि एयरबस पठाइएको छ । शव लिएर आज विहान ११. ३० बजे एयरबस काठमाण्डौ आइपुग्ने अनुमान गरिएको छ । उक्त विमानमा त्यहाँबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारको निर्णय छ । परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल भइरहेको बताए। पौड्यालले सरकारले नागरिकको सुरक्षा र सुविधाका लागि कुनै…

Read More

काठमाण्डाैं ।   पाटनस्थित ‘कार्तिक डबली’ मा सोमबार दिनभर स्थानीय बूढापाका राजा सिद्धिनरसिंह मल्लले रचेका गीत गाउन व्यस्त थिए। ७० वर्ष नाघेका उनीहरु डबलीमा तम्तयार देखिन्थे गीतमा स्वर दिन। अनुहार चाउरिएका बूढापाकाको स्वरले युवाको ध्यान तान्दै थियो। मल्ल राजाले रचेका ३२  रागमा नेवार समुदायको पाका पुस्ताले दिनभर स्वर भर्यो। स्वर र बाजाको धून सुन्न विदेशी पर्यटक पनि डबलीमा उभिएका देखिन्थे, आजको नागरिक दैनिकमा खबर छापिएको छ। सोमबार मात्र होइन, राजा सिद्धिनरसिंह मल्लको गीत–संगीत जोगाउन र यस क्षेत्रमा उनले दिएका योगदानलाई संरक्षण गर्न यो समुदायका बूढापाका वर्षैभरि सक्रिय रहन्छन् । युवा पुस्तामा परम्परा र संस्कृतिप्रतिको झुकाव हट्दै गएको कार्तिक नाच…

Read More

काठमाण्डाैं ।    कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन। उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन्। उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन्। चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग आफ्नो सामिप्य पुष्टी गर्न पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार गरेका थिए। पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। आजको कान्तिपुरमा खबर छ ।

Read More

काठमाण्डाैं ।    सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ। किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउने खबर आजको अन्नपूर्णमा छापिएको छ। सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्य, तरकारी , तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती, प्रविधि, बजारको अवस्थालगायतका सुविधा किसानलार्य निःशुल्क उपलव्ध गराउने तयारी गरेको हो। यति मात्रै होइन विश्व बैंकको सहकार्यमा कार्यान्वयनमा आएको जलबायु प्रकोप समउत्थान आयोजनाअन्तर्गतको कृषिव्यवस्थापन सूचना प्रणालीले विकास गरेको…

Read More

भद्रपुर ।  झापाको भद्रपुरमा औषधि पसलको व्यवसायी दर्ता प्रमाणपत्र नभएका र प्रक्रिया नपुगेको ल्याब बन्द गरिएको छ । औषधि व्यवस्था विभाग विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालयकोे संयुक्त अनुगमन टोलीले चन्द्रगढी र भद्रपुर क्षेत्रका औषधि पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा दुई औषधि पसल र एउटा ल्याब बन्द गराइएको छ । आकस्मिक रुपमा गरिएको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालकले पसल बन्द गरेर हिँडेका थिए । अनुगमनको क्रममा  युनिक आयुर्वेदिक औषधि पसल चन्द्रगढी, भद्रपुर अस्पताल गेट अघि रहेको सुभद्रा मेडिकल हल र मेची पब्लिक हेल्थ लेबोरेटरी सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेकाले पसल बन्द गराइएको हो । चन्द्रगढी, भद्रपुर क्षेत्रमा…

Read More

सोमबार रातिदेखिको लगातारको मुसलधारे बर्षाका कारण झापाका दर्जनौं घर डुबानमा परेका छन् । झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन् । भद्रपुर नगरपालिकाका डुबानमा परेका बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको भद्रपुर नगरपालिका कार्यालयले जानकारी दिएको छ ।

Read More

 डेढ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान  दमक । झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भीषण आगलागीले ९ वटा घरमा रहेका २१ वटा पसल जलेर नष्ट भएका छन् । बेलडाँगी–२ भुटानी शरणार्थी शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट डेढ करोड बराबरको क्षति भएको अनुमान प्रहरीको छ । कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसलसम्म फैलिएको थियो । विद्युत् सर्ट भइ आगो लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । दमक, बिर्तामोड तथा भद्रपुर नगरपालिकाका दमकल, प्रहरी, शरणार्थी र स्थानीयबासीको प्रयासबाट राति…

Read More

एजेन्सी, असार ७ । रुस समूहचरणबाटै घर फर्कियो रुसलाई हराउँदै वेल्स फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।    गएराति भएको खेलमा रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै वेल्स समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।   खेलको ११ औं मिनेटमा आरोन रास्मीले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाएका थिए।  यस्तै खेलको २० औँ मिनेटमा टेलरले गोल गर्दै वेल्सको अग्रता दोब्बर पारे।   पहिलो हाफमा २–० को अग्रता लिएको वेल्सका लागि खेलको ६७ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै ३–० को जित दिलाए।    जितसँगै समूह चरणमा तीन खेलमा दुईमा जित र एकमा…

Read More

विर्तामोड ।  सूचना तथा सञ्चारमन्त्री शेरधन राईले  कुनै पनि हालतमा संविधान पुनर्लेखन नहुने बताएका छन् । सोमबार प्रेस चौतारी झापाले जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको २३ औँ स्मृति दिवसमा स्थापना गरेको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले संविधान पुनर्लेखन काे सर्त कुनै पनि हालतमा सम्भव नहुने बताएका हुन् । उनले संविधानसभा विघटन भइसकेको अवस्थामा संविधान पुनर्लेखनकाे अधिकार कसैलाई  नभएकाे  समेत बताए । मन्त्री राईले मन्त्रिपरिषदले पारित गरेर ब्यवस्थापिका संसदमा पेश गरिसकेको संविधान कार्यान्वयनको कार्यतालिका सहितको कार्ययोजना प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले पहिलादेखि नै भने अनुसार नै ल्याएकोले त्यसमा कसैको पनि विमति हुन नसक्ने दावी गरे ।  ६ जना पत्रकार पुरस्कृत द्रोणाचार्य क्षेत्रीको…

Read More