डेढ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान
दमक । झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भीषण आगलागीले ९ वटा घरमा रहेका २१ वटा पसल जलेर नष्ट भएका छन् ।
बेलडाँगी–२ भुटानी शरणार्थी शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो ।
आगलागीबाट डेढ करोड बराबरको क्षति भएको अनुमान प्रहरीको छ ।
कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसलसम्म फैलिएको थियो । विद्युत् सर्ट भइ आगो लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
दमक, बिर्तामोड तथा भद्रपुर नगरपालिकाका दमकल, प्रहरी, शरणार्थी र स्थानीयबासीको प्रयासबाट राति ११ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
Facebook Comments Box