Author: admin

काठमाण्डौं ।  मुलुकको राहदानी वितरणको इतिहासमा आइतबारदेखि नयाँ सेवा सुरु भएको छ । एकजना सेवाग्राहीले आइतबार १० मिनेटमै राहदानी प्राप्त गरेका छन् । परराष्ट्रमन्त्रालय, राहदानी विभागले आइतबारदेखि शुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको शुरुवातसँगै दाङ धनौरीकी चन्दाकाली बुढाथोकीले छिट्टै रहदानी प्राप्त गरेकी हुन् । राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने एमआरपी शीघ्र उपलव्ध गराउने सरकारी नीतिअनुसार प्रत्यक्ष दर्ता एवं फारम भर्नेलगायत सम्पूर्ण काम विभागबाटै हुने पद्धतिको प्रारम्भ गर्दै उपप्रधानमन्त्री कमल थापाले बुढाथोकीलाई राहदानी प्रदान गरेका हुन् । प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत फारम भरिएको १० मिनेटमै उनको राहदानी बनेको हो । आवश्यक सम्पूर्ण कागजपत्र छ भने १५ हजार तिरेर…

Read More

पाेखरा ।     नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा माओवादी केन्द्र सरकारबाट बहिरिएपछि मात्रै नयाँ सरकारका बारेमा छलफल हुने बताएका छन्। प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले सरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्रले निर्णय गरेलगत्तै कांग्रेसले निर्णय गर्ने बताए। उनले कांग्रेसले माओवादीको निर्णय कुरेर बसेको बताए। यद्यपि, उनले बहुमतीयभन्दा सहमतीय सरकार नै अहिलेको आवश्यकता रहेको बताए। दलहरूबीच विश्वासको दुरी बढेको बताउँदै उनले भने, ‘तीन वटा निर्वाचन सम्पन्न गर्न, भुकम्प पुनर्निर्माण गर्न र साझा आर्थिक नीति बनाउन पनि सहमतीय सरकार आवश्यक छ।’ प्रधानमन्त्रीको को बन्ने र सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा चर्चा गर्नुअघि राष्ट्रिय एजेण्डामा…

Read More

विर्तामोड ।  ट्राभल्स सङ्घ झापाको चौंथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको छ । झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको छ । यस अघि झापा जिल्ला ट्राभल्स सङ्घ (जेएटीए)ले चिनिएको संस्थाको नाम परिवर्तन भएर ट्राभल्स सङ्घ झापा (टीएजे) बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाको प्रमुख आतिथ्यमा भएको साधारणसभाले विधान संशोधन गरी संस्थाको नाम परिवर्तन गरेको हो । साधारणले कार्य समितिको आकार ११ जनाबाट बढाएर १३ पुर्याएको छ भने २ जना महिला सदस्य अनिवार्य र दुई जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ ।…

Read More

कनकाई । आसन्न कनकाई उद्योग वाणिज्य संघकाे चुनावमा अध्यक्ष पदमा लीलाप्रसाद चिमरियाले उम्मेदवारी दिने भएका छन् । नेपाली काङ्ग्रेस कनकाई नगर समितिको पूर्ण बैठकले चिमरियालाई अध्यक्ष पदमा अघि सार्ने निर्णय गरेको नगर सभापति नेत्रप्रसाद चिमरियाले जानकारी दिए । लामो समयदेखि व्यवसायमा आवद्ध उनी सुरुङ्गा जेसीजका संस्थापक पनि हुन् । झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गको निर्वाचित उपसचिव भई एक कार्यकाल काम गरिसकेका चिमरिया सामाजिक क्षेत्रमा पनि लोकप्रिय छन् । उनी लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट, कर्मयोग भवन निर्माण समितिका सचिव, कनकाई घाट संस्थाका कार्यसमिति सदस्य लगायतका जिम्मेवारीमा रहेका उनी अघिल्लो झापा उद्योग वाणिज्य सङ्घ शाखा सुरुङ्गाको चुनावमा अध्यक्ष…

Read More

पर्सा । पर्साको तुलसी बर्वामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ । तुलसी बर्वा ७ मा सिकेन्द्र हजराको गोठमा आगो लाग्दा मनोज हजराका १४ वर्षकी छोरी रिकुं कुमारीको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।अहिले आगो निभाउने प्रयास भइरहेको छ । लामखुट्टे धपाउन बालेको आगोमाथि खरको छानो झरेपछि आगलागी भएको हो । रिकुंको तीन दिनपछि विवाहको तयारी भैरहेको थियो ।

Read More

ओखलढुंगा । नेपाली सेनाले ओखलढुंगामा पहिरोका कारण विस्थापित भएकाका लागि सामूहिक आवास बनाएको छ । हर्कपुर गाविसको केराबारी र विलन्दु गाविसको डलिडाँडामा दुई वटा सामूहिक आवास भवन निर्माण गरेको हो । सरकारको पुनर्निर्माण कार्यक्रम अन्तर्गत ओखलढुंगास्थित समशेरदल गणले सामूहिक आवास निर्माण गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । सेनाले हर्कपुर गाविसको केराबारीमा भूकम्पपछिको पहिरोबाट विस्थापित भएकाका लागि ५० लाखको लागतमा १८ कोठे भवन निर्माण गरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको छ । त्यस्तै विलन्दुको डलिडाँडामा ३२ कोठे भवन निर्माण सकिएको समशेर दल गणले जनाएको छ । एक करोड बढीको लागतमा…

Read More

रसुवा । लगातारको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएपछि रसुवागढी नाका बन्द भएको छ । पहिरोका कारण बिहीबारदेखि नाका बन्द भएको हो । अहिले सयौं कन्टेनर सीमामा रोकिएका छन् । चीन तर्फ खसेको पहिरो चिनियाँ पक्षले पन्छाउने काम गरिरहेको छ । यस्तै नेपाल तर्फ नाकालाई निर्वाध रुपमा सञ्चालन गर्नका लागि रसुवागढीमा प्राविधिकसहितको स्काभेटर तथा लोडरको व्यवस्था गर्न लागिएको भन्सार प्रमुख केदार पनेरुले बताए । रसुवागढीबाट केरुङसम्मका ६ ठाउँमा पहिरो गएको छ । कन्टेनर राख्ने ठाउँको अभावमा पहिरोको छेवैमा जोखिम मोलेर रोकिएको छ । पहिरोका कारण २५ वटा कन्टेनरमा क्षति पुगेको छ । पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन…

Read More

काठमाण्डाैं ।    अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर)ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ। आजको कान्तिपुरमा छापिएको खबर अनुसार संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असाहयको कोटा काटेर कर्मचारीका छोराछोरी अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिन्छ। बाल संगठन नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको सिफारिसका आधारमा २० विद्यार्थी निःशुल्क पढाउने सर्त स्वीकार गरेको थियो। संगठनले २०५८ जेठ ८ गते ३० वर्षका लागि वार्षिक तीस लाख रुपैयाँ दिने गरी विद्यालयलाई जग्गा भाडामा दिएको थियो । उक्त सम्झौताको १२.५ नम्बर बुँदामा संगठनको सिफारिसका…

Read More

काठमाण्डाैं ।  इटलीलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै विश्व च्याम्पियन जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सको बोर्डोमा आज बिहान भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। जसमा जर्मनी ५-६ गोल अन्तरले विजयी भयो। यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके। तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो। सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे। इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरेका थिए। नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन…

Read More

काठमाण्डौं ।  वर्षा बढेसँगै उपत्यकामा तरकारीको भाउ बढेको छ । एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ ।तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ  । एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ । साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो । ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार क्रमश : ८० र ७० रुपैयाँमा बिक्री भएको थियो । सरकार, व्यवसायी र नियमनकारी निकायले बर्खामा तरकारी नष्ट हुने र अहिले भएको ढुवानी अवरोधले मूल्य बढेको बताएका…

Read More