कनकाई । आसन्न कनकाई उद्योग वाणिज्य संघकाे चुनावमा अध्यक्ष पदमा लीलाप्रसाद चिमरियाले उम्मेदवारी दिने भएका छन् ।
नेपाली काङ्ग्रेस कनकाई नगर समितिको पूर्ण बैठकले चिमरियालाई अध्यक्ष पदमा अघि सार्ने निर्णय गरेको नगर सभापति नेत्रप्रसाद चिमरियाले जानकारी दिए ।
लामो समयदेखि व्यवसायमा आवद्ध उनी सुरुङ्गा जेसीजका संस्थापक पनि हुन् ।
झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गको निर्वाचित उपसचिव भई एक कार्यकाल काम गरिसकेका चिमरिया सामाजिक क्षेत्रमा पनि लोकप्रिय छन् ।
उनी लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट, कर्मयोग भवन निर्माण समितिका सचिव, कनकाई घाट संस्थाका कार्यसमिति सदस्य लगायतका जिम्मेवारीमा रहेका उनी अघिल्लो झापा उद्योग वाणिज्य सङ्घ शाखा सुरुङ्गाको चुनावमा अध्यक्ष पदमा १७ मतको झिनो अन्तरले पराजित भएका थिए ।
Facebook Comments Box