पर्सा । पर्साको तुलसी बर्वामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ ।
तुलसी बर्वा ७ मा सिकेन्द्र हजराको गोठमा आगो लाग्दा मनोज हजराका १४ वर्षकी छोरी रिकुं कुमारीको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
लामखुट्टे धपाउन बालेको आगोमाथि खरको छानो झरेपछि आगलागी भएको हो । रिकुंको तीन दिनपछि विवाहको तयारी भैरहेको थियो ।
Facebook Comments Box