रसुवा । लगातारको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएपछि रसुवागढी नाका बन्द भएको छ । पहिरोका कारण बिहीबारदेखि नाका बन्द भएको हो ।
अहिले सयौं कन्टेनर सीमामा रोकिएका छन् । चीन तर्फ खसेको पहिरो चिनियाँ पक्षले पन्छाउने काम गरिरहेको छ । यस्तै नेपाल तर्फ नाकालाई निर्वाध रुपमा सञ्चालन गर्नका लागि रसुवागढीमा प्राविधिकसहितको स्काभेटर तथा लोडरको व्यवस्था गर्न लागिएको भन्सार प्रमुख केदार पनेरुले बताए ।
रसुवागढीबाट केरुङसम्मका ६ ठाउँमा पहिरो गएको छ । कन्टेनर राख्ने ठाउँको अभावमा पहिरोको छेवैमा जोखिम मोलेर रोकिएको छ । पहिरोका कारण २५ वटा कन्टेनरमा क्षति पुगेको छ । पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन ।
Facebook Comments Box