ओखलढुंगा । नेपाली सेनाले ओखलढुंगामा पहिरोका कारण विस्थापित भएकाका लागि सामूहिक आवास बनाएको छ ।
हर्कपुर गाविसको केराबारी र विलन्दु गाविसको डलिडाँडामा दुई वटा सामूहिक आवास भवन निर्माण गरेको हो । सरकारको पुनर्निर्माण कार्यक्रम अन्तर्गत ओखलढुंगास्थित समशेरदल गणले सामूहिक आवास निर्माण गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।
सेनाले हर्कपुर गाविसको केराबारीमा भूकम्पपछिको पहिरोबाट विस्थापित भएकाका लागि ५० लाखको लागतमा १८ कोठे भवन निर्माण गरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै विलन्दुको डलिडाँडामा ३२ कोठे भवन निर्माण सकिएको समशेर दल गणले जनाएको छ । एक करोड बढीको लागतमा निर्मित भवन हस्तान्तरण तयारी गरेको सेनाको भनाई छ ।
Facebook Comments Box