Author: admin

एजेन्सी । विश्वविजेता जर्मनीलाई हराउँदै आयोजक राष्ट्र फ्रान्स युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ। गएराति भएको खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको हो। फ्रान्सले अब उपाधिका लागि पोर्चुगलको सामना गर्नेछ। जितसँगै फ्रान्सले विश्वकपमा जर्मनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ। पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा एन्टोनी ग्रिजम्यान चुकेनन्। जर्मनीका कप्तान वाष्टिन स्वाइन्सटाइगरले डी एरियाभित्र हेन्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। यस्तै खेलको ७२ औँ मिनेटमा ग्रिजम्यानले नै गोल गर्दै अग्रता दोब्बर पारे। अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको जर्मनीका केही राम्रा प्रहार फ्रान्सेली गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए। पोर्चुगल…

Read More

काठमाण्डौ । तीन प्रमुख राजनीतिक दलसँग चिनियाँ कूटनीतिज्ञ  र सुरक्षा निकायले गरेको कुराकानी मेल खाएपछि केही समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ। कान्तिपुर दैनिकमा समाचार छ। चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणको औपचारिक सूचीमा नेपाललाई अझै राखिसकिएको छैन। यद्धपि आफ्ना कुनै उच्च नेतृत्वले सयै वर्ष नेपाल भ्रमण गर्ने चीनले बताइसकेको छ। प्रधानमन्त्र केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन तहमा लैजान गर्नु पर्ने तयारीबारे छलफल गर्न बेइजिङ पुगेका परराष्ट्र सचिव शंकरदास बैरागी पनि त्यहाँको कूटनीतिक निकायबाट त्यस्तै सन्देश लिएर फर्केका छन्।

Read More

काठमाण्डौ । कोरला नाका दीर्घकालीन रुपमै खुलाउन सरकारले पहल तीब्र बनाएको छ। कान्तिपुर दैनिकमा समाचार छ। पोखरा–कोरला सडकलाई द्रुत गतिमा स्तरोन्नति गर्ने र सिमानामा सेनाको व्यारेकदेखि बोर्डर आउट पोस्ट (बीअोपी) राख्न काम थालिएको छ। यसका लागि तीन उपप्रधानमन्त्रीलगायत नेता र सरकारी अधिकारीहरुले बिहीबार चीनसँग जोडिएको कोरलाको अवलोकन गरे। उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार,भीम रावल र टोपबहादुर रायमाझीले तुरुन्तै कोरला क्षेत्रमा सेनाको ब्यारेक र बीओपी राख्न सरकारले  तयारी थाल्ने बताए। उनीहरुले चीनसँग् बार्ता गरेर कुनै पनि हालतमा यस वर्षदेखि नाका खुलाएरै छाड्ने दृढता व्यक्त गरेका छन्।

Read More

काठमाण्डौ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन र प्राध्यापकहरूले प्रा.डा. गोविन्द केसीलाई आइओएम हातामा अनशन नबस्न आग्रह गरेका छन्। केसीले आइतबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। आइओएमका पूर्वडिन प्रा.डा. अरुण सायमी, प्रा.डा. रामप्रसाद उप्रेती, प्रा.डा. ऋतुप्रसाद गड्तौला, प्रा.डा. रतिन्द्र श्रेष्ठ, प्रा.डा. शशी शर्मा र प्रा.डा. कृष्णकुमार वलीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अनशन बसेर अस्पताल र क्याम्पसलाई बन्धक नबनाउन केसीलाई आग्रह गरेका छन्। आफूहरू चार दशकदेखि महाराजगन्ज मेडिकल क्याम्पसमा क्रियाशील रहेको, मन, बचन र कर्मले क्याम्पसमा समाहित भएको भन्दै उनीहरुले संस्थालाई कसैले बन्धक बनाउन नपाउने उल्लेख गरेका छन् । डा.केसीले पटक–पटक आइओएम हातामा…

Read More

विर्तामोड । मिस मेची २०१६ को फिनाले शनिवार हुने भएको छ । उक्त प्रतियोगिताको आयोजक संस्था ड्रिम्स वर्ल्ड इन्टरटेन्मेन्ट प्रालिले विहीबार चारपानेको टाइम स्क्वायर पार्टी प्यालेसमा गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएको हो । उक्त प्रतियोगितमा झापा र इलामका ३१ जना किशोरीहरु सहभागी रहेको आयोजक संस्थाका प्रणित पुडासैनीले जानकारी दिए । उक्त प्रतियोगितको निर्णायकमा नायिका नम्रता श्रेष्ठ तथा राधाकृष्ण धिताल आउने उनले बताए । विजेताले नगद ५० हजार र विविए अध्ययन निशूल्क प्राप्त गर्ने उनले बताए ।

Read More

दमक । घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ । एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय अन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको अख्तियारका पूर्वाञ्चल प्रमुख रविन्द्र शर्माले जानकारी दिए । खनालले सेवाग्राहीबाट एक लाख घुस लिएको आरोप छ । तर, अनुसन्धान अधिकारीहरुले भने सेवाग्राहीको नाम र सेवाका बारेमा खुलाउन चाहेको छैन । चन्द्रगढी दरबन्दी भएका उनले सेवाग्राहीको कामबापतको अवैध घुस रकम दमक–१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा लिँदै गर्दा पक्राउ परेका अख्तियारका पूर्वाञ्चल प्रमुख शर्माले बताए ।

Read More

काठमाण्डौ । ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई भेन्टिलेटरबाट निकालेर सामान्य वार्डमा सारिएको छ । कोइरालाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि सामान्य वार्डमा सारिएको उपचारमा संलग्न डाक्टर हरि किशोर श्रेष्ठले जानकारी दिए । भेन्टिलेटरबाट निकालिएसँगै अवस्था खतरामुक्त भएको छ । कोइरालको शरिरमा रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा सामान्य अवस्थामा फर्किएको छ । फोक्सोमा देखिएको निमोनियाको मात्रा कम भएको छ । औषधिको मात्रा कम गरिएको छ । बुधबार दिउँसोसम्म अचेत रहेका कोइरालाको स्वास्थ्य बेलुकादेखि क्रमिक सुधार हुँदै गएको थियो । अहिले उनले अरुलाई चिन्न थालेका छन् ।

Read More

भोजपुर । जंगली च्याउ खाँदा भोजपुर टक्सारको मालवासेमा १२ जना बिरामी परेका छन् । बिहीबार बिहान च्याउको तरकारीसँग खाजा खाएर काममा लागेका मजदुरहरु रिगंटा छुट्ने, पेट पोल्ने भएर बिरामी परेका हुन् । सदरमुकाम नजिकैको मालबासे खण्डमा सडक हेरालुको काम गरिरहेका उनीहरु बिरामी परेपछि तत्काल जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बिरामीको अवस्था भइसकेको अस्पतालले जनाएको छ । जंगलमा पाइने देउले च्याउसहित नचिनेका बिषालु च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए । पाँचथरका सन्तोष तामाङ, दिपेन तामाङ, महेन्द्र तामाङ, सपन तामाङ, विरेन तामाङ, राम तामाङ, इलामका सन्तोष अधिकारी, तारा मगर, कमल तामाङ, तेह्रथुमका अविन लिम्बु, भोजपुर मानेभञ्ज्याङका नगेन पौडेल र दिंलाका…

Read More

भद्रपुर । विहान हुन पाउँदैन, उनीहरुको मुखमा मास्क र हातमा पञ्जा हुन्छ । झापा भद्रपुर किराँत कोलोनीका गृहिणीहरु विहान उज्यालो भइसक्दा आफ्नो टोल सफा गर्न आफैं निस्किन्छन् । त्यतिमात्र होइन, उनीहरुले जताततै फोहोर फाल्नेहरुलाई सम्झाउने समेत गरेका छन् । दैनिक करीब २ घन्टा सरसफाईमा खटिने किराँत कोलोनीका महिलाहरुले विगत अढाई महिनादेखि यो अभियान चलाइरहेका छन् । जसका कारण उनीहरुको टोलमा एउटा प्लाष्टिकको टुक्रा पनि देखिँदैन । भद्रपुर क्याम्पस मोड छेउको मोटरसाइकल ग्यारेजमा छरपस्ट फोहोर महिलाहरुले संकलन गरिदिएपछि अब आफ्नो ग्यारेज वरपरको फोहोर आफैं उठाउन ग्यारेज धनी मनोज सरकारले प्रतिवद्धता जनाए । उनले भने, ‘आज मलाई धेरै लाज भयो । उहाँहरु…

Read More

काठमाण्डाै‌ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बिहिबार दिउँसोसम्म अचेत रहेका कोइरालाको बेलुका होस खुलेको थियो । अहिले उनलाई बोलाउँदा मुन्टो हल्लाउने र अरुलाई चिन्न थालेको उपचार संलगन डाक्टर लव जोशीले जानकारी दिए । उनका अनुसार कोइरालाको शरीरमा रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा सामान्य अवस्था नजिक पुगेको छ । फोक्सोमा देखिएको निमोनियाको मात्रा कम भएको छ । औषधिको मात्रा कम गरिएको छ । त्यस्तै भेन्टिलेटरका न्युनतम सुविधा मात्र प्रयोग गरिएको अस्पतालले जनाएको छ । तर, भेन्टिलेटर पूर्ण रुपमा नहटाएसम्म खतरा मुक्त भने नहुने डाक्टर लव जोशीले जानकारी दिए । अहिलेकै गतिमा सुधार हुँदै…

Read More