काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बिहिबार दिउँसोसम्म अचेत रहेका कोइरालाको बेलुका होस खुलेको थियो । अहिले उनलाई बोलाउँदा मुन्टो हल्लाउने र अरुलाई चिन्न थालेको उपचार संलगन डाक्टर लव जोशीले जानकारी दिए ।
उनका अनुसार कोइरालाको शरीरमा रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा सामान्य अवस्था नजिक पुगेको छ । फोक्सोमा देखिएको निमोनियाको मात्रा कम भएको छ । औषधिको मात्रा कम गरिएको छ । त्यस्तै भेन्टिलेटरका न्युनतम सुविधा मात्र प्रयोग गरिएको अस्पतालले जनाएको छ । तर, भेन्टिलेटर पूर्ण रुपमा नहटाएसम्म खतरा मुक्त भने नहुने डाक्टर लव जोशीले जानकारी दिए ।
अहिलेकै गतिमा सुधार हुँदै गए अबको एक दुई दिनमा कोइरालाको स्वास्थ्य सामान्य अवस्थामा फर्किनेछ । ओम अस्पातालले कोइरालको उपाचारका लागि विदेश लैजानु नपर्ने जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कोइरालालाई बुधबार राति अस्पताल पुर्याइएको थियो ।