काठमाण्डौ । ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई भेन्टिलेटरबाट निकालेर सामान्य वार्डमा सारिएको छ ।
कोइरालाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि सामान्य वार्डमा सारिएको उपचारमा संलग्न डाक्टर हरि किशोर श्रेष्ठले जानकारी दिए ।
भेन्टिलेटरबाट निकालिएसँगै अवस्था खतरामुक्त भएको छ । कोइरालको शरिरमा रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा सामान्य अवस्थामा फर्किएको छ ।
फोक्सोमा देखिएको निमोनियाको मात्रा कम भएको छ । औषधिको मात्रा कम गरिएको छ । बुधबार दिउँसोसम्म अचेत रहेका कोइरालाको स्वास्थ्य बेलुकादेखि क्रमिक सुधार हुँदै गएको थियो । अहिले उनले अरुलाई चिन्न थालेका छन् ।
Facebook Comments Box