भोजपुर । जंगली च्याउ खाँदा भोजपुर टक्सारको मालवासेमा १२ जना बिरामी परेका छन् । बिहीबार बिहान च्याउको तरकारीसँग खाजा खाएर काममा लागेका मजदुरहरु रिगंटा छुट्ने, पेट पोल्ने भएर बिरामी परेका हुन् ।
सदरमुकाम नजिकैको मालबासे खण्डमा सडक हेरालुको काम गरिरहेका उनीहरु बिरामी परेपछि तत्काल जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बिरामीको अवस्था भइसकेको अस्पतालले जनाएको छ ।
जंगलमा पाइने देउले च्याउसहित नचिनेका बिषालु च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए । पाँचथरका सन्तोष तामाङ, दिपेन तामाङ, महेन्द्र तामाङ, सपन तामाङ, विरेन तामाङ, राम तामाङ, इलामका सन्तोष अधिकारी, तारा मगर, कमल तामाङ, तेह्रथुमका अविन लिम्बु, भोजपुर मानेभञ्ज्याङका नगेन पौडेल र दिंलाका छिरिङ तामाङ बिरामी परेका हुन् ।
Facebook Comments Box