दमक । घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ । एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय अन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको अख्तियारका पूर्वाञ्चल प्रमुख रविन्द्र शर्माले जानकारी दिए ।
खनालले सेवाग्राहीबाट एक लाख घुस लिएको आरोप छ । तर, अनुसन्धान अधिकारीहरुले भने सेवाग्राहीको नाम र सेवाका बारेमा खुलाउन चाहेको छैन । चन्द्रगढी दरबन्दी भएका उनले सेवाग्राहीको कामबापतको अवैध घुस रकम दमक–१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा लिँदै गर्दा पक्राउ परेका अख्तियारका पूर्वाञ्चल प्रमुख शर्माले बताए ।
Facebook Comments Box