Author: admin
एजेन्सी पेरिस । आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको उपाधि जितेको छ । पेरीसस्थित स्टेड डी फ्रान्स रंगशालामा भएको फाइनलमा अतिरिक्त समयमा फ्रान्सलाई १ / ० ले पराजित गर्दै पोर्चुगलले १५ औ संस्करणको युरोकप उपाधि जितेको हो । पोर्चुगलको जितमा एक मात्र निर्णायक गोल इडेरले गरे । निर्धारित ९० मिनेट गोल रहित बराबरीमा सकिएपछि थपिएको समयमा गोल गर्दै पोर्चुगलले उपाधि जितेको हो । अतिरिक्त समयको १०९ औ मिनेटमा इडरले एकल प्रयासबाट गोल गर्दै पोर्चुगललाई ऐतिहासिक उपाधि दिलाए । पोर्चुगलले यसअघि २००४ मा घरमै आयोजना भएको खेलमा ग्रिससँग हारेपछि दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । त्यसपछि पोर्चुगलले…
भद्रपुर । जिल्ला पशु सेवा कार्यालय झापाले आर्थिक वर्ष २०७२/७३ मा गरेका वार्षिक गतिविधका वारेमा एक दिने पशु सेवा संम्बन्धि सार्वजानिक सुनुवाई कार्यक्रम चन्द्रगढीमा आइतबार सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा यस आर्थिक वर्ष भित्र भए गरेका वार्षिक गतिविधि र सफलता वारे तथ्याङ्क प्रस्तुत गर्दै पशु विकास अधिकृत डाक्टर कुमारसिंह खत्रीले ४ करोड ८७ लाख ८८ हजार ९ सय रुपैया बरावरका विभिन्न कार्यक्रम सम्पन्न गरिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस वर्ष पशु विकासका लागि उपचार सेवा, उन्नत नश्ल सुधार, पौष्टिक आहारा, युवा लक्षित पशुपालन कार्यक्रम, लगायत स्वस्थ्य माशु उत्पादनका लागि स्वस्थ्य…
झापा । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की संसदीय सुनुवाइ समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधीशमा अनुमोनदन भएकी छन्। आइतबार भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन भएको बताए। अब उनको नाम राष्ट्रपति कार्यालयमा पठाइनेछ । राष्ट्रपतिले सपथ लिएपछि उनले औपचारिक रूपमा प्रधानन्यायधीशको कार्यभार सम्हाल्नेछिन् ।
थकान वा कमजोर महशुस हुँदा इनर्जी ड्रिंक्स पिउने गरे पनि नियमित आवश्यकता भन्दा बढी पिउँदा यसले स्वास्थ्यमा नै नकरात्मक असर पार्छ । शरिरलाई तत्कालै तन्दुरुस्त बनाउन विभिन्न प्रकारका पेय पर्दाथ बजारमा पाइने भए पनि यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । मुटु रोगः आवश्यकता भन्दा बढी (दैनिक २५० एमएल) भन्दा बढी इनर्जी ड्रिंक्स खाएमा मुटु रोगको खतरा बढी हुन्छ । विशेष गरी किशोर किशोरीलाई यो खतरा बढी हुन्छ । डायबिटिजः इनर्जी ड्रिंक्समा चिनीको मात्रा (फ्रक्टोज) बढी हुने भएकोले डायबिटिजको खतरा हुन्छ । बीपी उच्चः इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा बढी हुने भएकोले उच्च रक्तचापको खतरा हुन्छ । माइग्रेसन र टाउकोको दर्दः इनर्जी…
काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि अनसन सुरु गर्न लागेका डा.गोविन्द केसीलाई वार्तामा बोलाएका छन्। प्रधानमन्त्रीसँगको छलफलमा शिक्षा मन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरी पनि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। यता प्रधानमन्त्री ओलीले दिउँसो २ बजे वार्ताका लागि बोलाइएको भएपनि अन्तिम समयमा बोलाएको भन्दै डा. केसीले प्रधानमन्त्रीसँग छलफलमा बस्न अस्वीकार गरेका छन्। डा.केसीले डा.जीवन क्षेत्री, नेपाल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जन, स्नेहा बन्धु रेग्मी, मेडिकल स्टुडेन्ट एसोसिएनको अध्यक्ष र मेडिकल विद्यार्थीहरू बद्री अर्याल र सुमन आचार्यलाई आफ्नो प्रतिनिधीका रुपमा वार्तामा पठाएका छन् । चिकित्सा शिक्षामा सुधार र अख्तियार दुरूपयोग…
काठमाण्डौं । डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दलका रुपमा दर्ता भएको छ । भृकुटीमण्डपमा भेला भएर नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ता दल दर्ताका लागि बहादुर भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेका थिए । नयाँ शक्ति नेपालले गएको जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा कार्यक्रम गरेर दल घोषणा गरेको थियो । संविधान निर्माण लगत्तै एकीकृत नेकपा माओवादी त्याग गरेका भट्टराईले त्यसपछि नयाँ शक्ति नेपाल गठन गरेका हुन् ।
न्युयोर्क । गत शनिवार करिब सय जना अमेरिकन मोडलहरु यहाँ नाङ्गै भेला भए र आफ्नो शरीरमा रातो, निलो, हरियो, पहेँलो रङ दले । अनि ती रङ दलिएका नाङ्गा शरीरमा दर्जनौँ कलाकारहरूले चित्र बनाए । तेस्रो न्यु योर्क बडीपेन्टीङ दिवस मनाउनका लागि उनीहरू त्यहाँ उपस्थित भएका थिए । उनीहरूले विगत ३ वर्षदेखि ‘अभिव्यक्ति स्वतन्त्रता र शरीर स्वीकार’का लागि भन्दै यस्तो कार्यक्रम गर्दै आएका छन् । यो चित्रकला कार्यक्रममा उपस्थित मोडलहरुमा चाल्र्स डरियस लगायत थिए । उनीहरूले संयुक्त राष्ट्रसंघ अगाडीको म्यानहट्टनको ड्याग ह्यामरक्लोज्द प्लाजामा शरीर रङ्ग्याउने काम गरेका थिए । ‘मलाई नाङ्गो हुन मन पर्छ’ , डरियसले भने, ‘म्यानहटनको साइडवाकमा यस्तो काम…
काठमाण्डौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिलेको सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ । यद्यपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका नेताहरुको बुझाइ फरक फरक पाइएको छ । आजको कारोबार दैनिकमा खबर छापिएको छ । संघीय समाजवादी फोरम नेपालका सह(अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने अहिलेको प्रयास परिपक्व भइनसकेको बताए । यद्यपि सरकार ढाल्न जोसुकैले प्रयास गरे पनि त्यसमा सहयोग गर्ने नेता श्रेष्ठको भनाइ छ । सद्भावना पाटीका प्रवक्ता सन्तोष मेहताले भने सरकार ढल्ने बलियो अवस्था तयार भइसकेको दाबी गरे । ‘वैशाखमा सरकार ढाल्ने प्रयास नै कमजोर थियो, अहिले…
काठमाण्डौं । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भेला भएर दल दर्ताका लागि बहादुर भवनमा रहेको निर्वाचन कार्यालयमा जाने संयोजक भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए । बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर १२ बजे दल दर्ता गर्ने तयारी गरिएको उनले बताए । जेठ ३० गते दल घोषणा गरेको नयाँशक्तिले आइतबार दल दर्ता गर्न लागेको हो ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले सिरियामा दुई जना रुसी पाइलटको हत्या गरेको छ । आइएसका लडाकुले सैनिक हेलिकप्टरमा आक्रमण गरी खसालेका हुन् । आइएसका लडाकुले एमआइ २५ हेकप्टरमा बम प्रहार गरेका हुन् । आक्रमणमा परि हेलिकप्टरका रुसी पाइलट रिएफागट खाबिबुलिन र येभ्गेन्य डोल्गिनको ज्यान गएको रुसी सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आइएस विरुद्धको कारबाहीमा घटिएको हेलिकप्टरमाथि आइएसका लडाकुले ऐतिहासिक शहर पालमायरको पूर्वी क्षेत्रमा आक्रमण गरेका हुन् । रुसले सिरियामा गएको सेप्टेम्बरदेखि आइएस विरुद्ध कारबाही अभियान चलाउँदै आएको छ । यस क्रममा अहिलेसम्म कम्तिमा १२ जना रुसी सैनिक मारिएका छन् ।