काठमाण्डौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिलेको सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ । यद्यपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका नेताहरुको बुझाइ फरक फरक पाइएको छ । आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
संघीय समाजवादी फोरम नेपालका सह(अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने अहिलेको प्रयास परिपक्व भइनसकेको बताए । यद्यपि सरकार ढाल्न जोसुकैले प्रयास गरे पनि त्यसमा सहयोग गर्ने नेता श्रेष्ठको भनाइ छ ।
सद्भावना पाटीका प्रवक्ता सन्तोष मेहताले भने सरकार ढल्ने बलियो अवस्था तयार भइसकेको दाबी गरे । ‘वैशाखमा सरकार ढाल्ने प्रयास नै कमजोर थियो, अहिले बलियो देखिएको छ,’ मेहताले भने ।
उनले पनि सरकार फेर्न लागिपर्ने जुनसुकै दललाई सहयोग गर्न तयार रहेको सुनाए ।
Facebook Comments Box