काठमाण्डौं । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा भेला भएर दल दर्ताका लागि बहादुर भवनमा रहेको निर्वाचन कार्यालयमा जाने संयोजक भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए ।
बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर १२ बजे दल दर्ता गर्ने तयारी गरिएको उनले बताए । जेठ ३० गते दल घोषणा गरेको नयाँशक्तिले आइतबार दल दर्ता गर्न लागेको हो ।
Facebook Comments Box