काठमाण्डौं । डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दलका रुपमा दर्ता भएको छ ।
भृकुटीमण्डपमा भेला भएर नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ता दल दर्ताका लागि बहादुर भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेका थिए ।
नयाँ शक्ति नेपालले गएको जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा कार्यक्रम गरेर दल घोषणा गरेको थियो ।
संविधान निर्माण लगत्तै एकीकृत नेकपा माओवादी त्याग गरेका भट्टराईले त्यसपछि नयाँ शक्ति नेपाल गठन गरेका हुन् ।
Facebook Comments Box