भद्रपुर । जिल्ला पशु सेवा कार्यालय झापाले आर्थिक वर्ष २०७२/७३ मा गरेका वार्षिक गतिविधका वारेमा एक दिने पशु सेवा संम्बन्धि सार्वजानिक सुनुवाई कार्यक्रम चन्द्रगढीमा आइतबार सम्पन्न गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा यस आर्थिक वर्ष भित्र भए गरेका वार्षिक गतिविधि र सफलता वारे तथ्याङ्क प्रस्तुत गर्दै पशु विकास अधिकृत डाक्टर कुमारसिंह खत्रीले ४ करोड ८७ लाख ८८ हजार ९ सय रुपैया बरावरका विभिन्न कार्यक्रम सम्पन्न गरिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस वर्ष पशु विकासका लागि उपचार सेवा, उन्नत नश्ल सुधार, पौष्टिक आहारा, युवा लक्षित पशुपालन कार्यक्रम, लगायत स्वस्थ्य माशु उत्पादनका लागि स्वस्थ्य वधशालाका लागि वजेट विनियोजन तथा खर्च भएको जनाइएको थियो ।
Facebook Comments Box