Author: admin

काठमाडौं ।  गायक तथा संगीतकार तुला पर्वतको ‘फर्की आउन पाउँ आफ्नै गाउँ घरमा’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोले नेपालीले परवासमा बस्दा भोग्ने पीडा र अत्यास लाग्दो जीवन संर्घषको विषयलाई प्रस्तुत गरेको छ । तुलाकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि उनैले निर्देशन गरेका छन् । भिडियोको आधा भाग मकाउमा छायांकन गरिएको छ भने बाँकी भाग नेपालमा छायांकन गरिएको हो । अभिनयमा तुलाका साथै कलाकार रक्षा श्रेष्ठले अभिनय गर्नुभएको छ । https://youtu.be/XVQhSV3S9q8

Read More

काठमाण्डौं ।  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थाबारे ओम अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि कोइरालालाई मंगलवार बेलुका ओम अस्पतालमा भर्ना गरिएको थियो । साँझ पिज्जा खाएपछि उनले बान्ता गरेको र सोही कारण उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ । कोइरालालार्य यतिखेर एन्टिबायोटिक दिइएको छ र भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । बिज्ञप्तिमा उनको  देब्रे फोक्सो न्युमोनियाग्रस्त भएको उल्लेख छ । अस्पतालले जनाए अनुसार उनको व्लड प्रेसर ९०/६० छ भने मुटुको धड्कन प्रतिमिनेट १३० मापन गरिएको छ । उनको अस्वस्थताको खबर  सार्वजनिक भएपछि अहिले अस्पतालमा कांग्रेस नेताकार्यकर्ताको…

Read More

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार लागि प्रारम्भिक यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो । श्रेष्ठ सूचीबाट सर्बश्रेष्ठ एक पुस्तकलाई मदन पुरस्कार दिइने गूठीका सदस्य सचिव कुन्द दीक्षितले जानकारी दिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा भुवनहरी सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग छन् ।

Read More

बिर्तामोड । साहित्य चौतारी झापाको १७औं वार्षिक उत्सव तथा आदिकवी भानुभक्त आचार्यको १०३औं जन्म जयन्तीको अवसरमा साहित्य चौतारीले सर्जकहरुलाई सम्मान गर्ने भएको छ । साहित्य चौतारीका अध्यक्ष टङ्क काफ्ले विकल्पका अनुसार यो वर्षको स्रष्टा सम्मान कवि तथा गजलकार केशव आचार्यलाई प्रदान गरिने छ । यसैगरी स्व. भिमबहादुर–पञ्चकुमारी स्मृति पुरस्कार कवि तथा कथाकार सेलिङ केसीलाई, स्व. धनमाया विमली स्मृति नवप्रतिभा पुरस्कार कवि तथा गजलकार हेमन्ता भण्डारीलाई प्रदान गरिने निर्णय भएको छ । सर्जकलाई सम्मानित र पुरस्कृत गरिने अन्य विधाहरु स्व. डिकमान विरही स्मृति सम्मान पुरस्कार गजलकार तथा गीतकार विवश बलिभद्र कोइरालालाई र स्व. जेबी आले स्मृति पुरस्कार फोटो व्यवसायी पुण्यप्रसाद प्रसाईंलाई…

Read More

सोलुखुम्बु । एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएकोछ । मङ्गलबार बिहानै हत्या गरिएकी ११ महिने शिशुको टाउको घरमै र शरीर घरभन्दा करिब सय मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । आरोपी राईले ३ महिनाअघि मात्र ८ महिनाको छोरी भएकी देउसाकी एक महिलासँग विवाह गरेका थिए ।

Read More

काठमाण्डौं ।  कांग्रेस महामन्त्री शशांक कोइराला अचानक गम्भिर बिरामी भएका छन् । बिरामी भएपछि बुधबार बिहान उनलाई महाराजगञ्जस्थित निवासबाट चाबहिलस्थित ओम अस्पतालमा पुर्याइएको थियो । रातभर उनलाई बान्ता भएको थियो । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । उनको अवस्था  गम्भीर रहेको  उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले बताए । यसैबीच उनी अस्पताल भर्ना भएसँगै कांग्रसका शीर्ष नेताहरु स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

Read More

काठमाण्डौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारी र विभागीय प्रमुखले प्राडा गोविन्द केसीलाई अनशन नबस्न आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् । पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा दीपक महराले बताए । ‘हामीले सकेसम्म अनशन नै नगर्न आग्रह गरेका छौ । गर्ने नै हो भने पनि यसपटक पठनपाठनमा नकारात्मक असर नपर्ने गरी आइओएम परिसरबाहिर बस्न अनुरोध गरेका छौं’,…

Read More

काठमाण्डौं । नेपालको सुरक्षा संयन्त्रलाई आतकवादी संगठन इस्लामिक स्टेट (आईएस)भन्दा भारतीय आतंकवादी संगठन इन्डियन मजाहिद्दिन (आईएम) को गतिविधिप्रति बढी चिन्ता रहेको पाइएको छ । आजको राजधानी दैनिकमा खबर छपिएको छ । उच्च सुरक्षा अधिकारीहरूबीचको छलफलमा सहभागीहरूले आईएसभन्दा आइएमका गतिविधि प्रति बढी चासो र चिन्ता व्यक्त गरी सुरक्षा खतरा औंल्याएका हुन् । गृह मन्त्रालयमा आइतबार भएको सुरक्षासम्बन्धी बैठक र प्रहरीले देशभर ‘हाई अलर्ट’मा रहन दिएको दुवै निर्देशनमा आईएसकै नाम नभए पनि आईएमको नाममा वितण्डा हुन सक्नतर्फ सुरक्षा संयन्त्र हाई अलर्टमा रहनुपर्ने निष्कर्ष निकालिएको छ । महानगरीय प्रहरी आयक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतापसिंह थापाले टर्कीको इस्तानबुलस्थित अतातुर्क विमानस्थलमा भएको विस्फोटपछि काठमाडौंको…

Read More

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको लिपिङ गाविसमा बाढीका कारण १५ वटा घरमा क्षति पुगेको छ । मंगलबार राति भोटेकोशीमा बाढी आएपछि नदी किनारका १५ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यस्तै माङखा जुरेमा अरनिको राजमार्गको ५० मिटर सडक बगाएपछि तातोपानी–बाह्रविसे–काठमाडौं चल्ने गाडी बन्द भएका छन् । यसैगरी स्याउलेमा पनि पहिरो गएको छ । भूकम्पबाट विस्थापित भएका ४० परिवार बसेको ठाउँमा पहिरो गएको हो । यसबारे थप जानकारी आउँन बाँकी छ ।

Read More

​काठमाडौं,असार २२ । मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध व्यक्तिको नाम थपेको विषयमा केन्द्रिय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको हो । संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको…

Read More