सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिपिङ गाविसमा बाढीका कारण १५ वटा घरमा क्षति पुगेको छ ।
मंगलबार राति भोटेकोशीमा बाढी आएपछि नदी किनारका १५ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यस्तै माङखा जुरेमा अरनिको राजमार्गको ५० मिटर सडक बगाएपछि तातोपानी–बाह्रविसे–काठमाडौं चल्ने गाडी बन्द भएका छन् ।
यसैगरी स्याउलेमा पनि पहिरो गएको छ । भूकम्पबाट विस्थापित भएका ४० परिवार बसेको ठाउँमा पहिरो गएको हो । यसबारे थप जानकारी आउँन बाँकी छ ।
Facebook Comments Box