काठमाण्डौं । कांग्रेस महामन्त्री शशांक कोइराला अचानक गम्भिर बिरामी भएका छन् ।
बिरामी भएपछि बुधबार बिहान उनलाई महाराजगञ्जस्थित निवासबाट चाबहिलस्थित ओम अस्पतालमा पुर्याइएको थियो ।
रातभर उनलाई बान्ता भएको थियो । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।
उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले बताए ।
यसैबीच उनी अस्पताल भर्ना भएसँगै कांग्रसका शीर्ष नेताहरु स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
Facebook Comments Box