काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थाबारे ओम अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको बताएको छ ।
स्वास्थ्यमा समस्या आएपछि कोइरालालाई मंगलवार बेलुका ओम अस्पतालमा भर्ना गरिएको थियो । साँझ पिज्जा खाएपछि उनले बान्ता गरेको र सोही कारण उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
कोइरालालार्य यतिखेर एन्टिबायोटिक दिइएको छ र भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । बिज्ञप्तिमा उनको देब्रे फोक्सो न्युमोनियाग्रस्त भएको उल्लेख छ ।
अस्पतालले जनाए अनुसार उनको व्लड प्रेसर ९०/६० छ भने मुटुको धड्कन प्रतिमिनेट १३० मापन गरिएको छ ।
उनको अस्वस्थताको खबर सार्वजनिक भएपछि अहिले अस्पतालमा कांग्रेस नेताकार्यकर्ताको भिड लागेको छ ।
Facebook Comments Box