Author: admin
झापा । पहिलो पटक युरोकपमा सहभागिता जनाएको वेल्स पोर्चुगलसँग २–० गोल अन्तरले पराजित भएको छ । बुधबार भएको सेमिफाइनल खेलमा पोर्चुगलका कप्तान तथा रियल म्याड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै टीमलाई फाइनलमा पुर्याए । इतिहास रच्दै सेमिफाइनल सम्म आइपुगेको वेल्सको भने यात्रा टुंगिन पुग्यो । निकै रोमाञ्चक बनेको वेल्स र पोर्चुगलबीचको खेलको ५० औं मिनेटमा रोनाल्डाले हेडमार्फत आर्कषक गोल गरे । यस्तै त्यसको तीन मिनेट पछि उनैको प्रहारलाई नानीले गोलको दिशा दिँदै पोर्चुगलको अग्रता दोब्बर बनाए । यसअघि उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेपिरहेका उनले वेल्सविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेका हुन् । अब पोर्चुगलले फाइनलमा जर्मनी र…
एजेन्सी । अमेरिकाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले नेता किममाथि प्रतिबन्ध लगाएको यो पहिलो पटक हो । मानवअधिकार हनन् गरेको भन्दै अमेरिकाले किममाथि प्रतिबन्ध लगाएको हो । उत्तर कोरियामा हिंसाका लागि नेता किम प्रत्यक्ष संलग्न रहेको अमेरिकाले जारी गरेको वक्तव्यमा उल्लेख छ । अमेरिकाले नेता किमसहित उत्तर कोरियाका १० उच्च अधिकारीलाई पनि कालो सूचीमा राखेको छ । उत्तर कोरियाले अमेरिकाको निर्णयका बारेमा अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । प्रतिबन्ध अनुसार अमेरिकामा रहेका उत्तर कोरियाका नेताको सम्पत्ति फ्रिज हुनेछ । यस्तै उनीहरुसँग व्यवसाय गर्ने अमेरिकी नागरिकको सम्मत्तिको सुरक्षण पनि गर्ने जनाएको छ । उत्तर…
काठमाण्डौ । वर्षा नै नभई भोटेकोसीमा मंगलबार राति अचानक बाढी आएपछि तिब्बततर्फ ठूलो वर्षा भएर पहिरो गएको तथा हिमताल विस्फोट भएको हुन सक्ने अनुमान विज्ञले गरेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। तिब्बतमा ठूलो वर्षा भएइर पहिरो गएका कारण खोला थुनिएर बाढी आएको अनुमान पनि केही विज्ञको छ। तिब्बततर्फ भएका आठ हिमतालमध्ये कुनै फुटेका कारण बाढी आएको अनुमानका आधारमा अध्ययन पनि भइरहेको छ। जलवायु तथा मौसमविज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान शाखाले भोटेकोसीमा पानीको सतह बढेको पूर्वसूचना मंगलबार दिएको थियो। अहिले विभाग, इसिमोड तथा गृह मन्त्रालयसहित सरोकारबाला निकायका अधिकारीले बाढीको कारण खोजिरहेका छन्। नेपालको आफ्नै भूउपप्रह नभएका कारण उनीहरुले बाढीको…
काठमाण्डौ । नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमतिबेगर जन्मोत्सब मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको छ। प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासिय विद्यालय परिसरमा लामाको ८१ औँ जन्मदिन मनाउन बुधवार भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका हुन्। बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। लामाका समर्थकले उक्त विद्यालय परिसरमा स्टेज बनाई सांस्कृतिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए। काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुमतिबिना कार्यक्रम गरेकाले रोक्न निर्देशन दिएको बताए। ‘प्रशासनले उनीहरुलाई कार्यक्रम गर्ने अनुमति दिएको छैन,’सुवेदीले भने,‘दलाई लामाको…
काठमाण्डौ । मंगलबार बेलुका ८ बजे ओम अस्पताल पुग्दा कांग्रेस महामन्त्री डा. सशांक कोइराला सामान्य अवस्थामै थिए। सँगै रहेका सहयोगी भरत तिवारीका अनुसार पेटमा खराबी भएका कारण अस्पताल लगिएको थियो। उनी बस्ने टोखाबाट अस्पताल आउन करिब ४० मिनेट लाग्छ। सवा ७ बजेतिरै शशांक निवासबाट निस्किएका थिए। चिकित्सकले सामान्य चेकअप गरी भर्ना गरे। कान्तिपुर दैनिकमा समाचार छ। ‘अस्पताल आउँदा केही भएजस्तो थिएन, सामान्य अवस्थामै हुनुहुन्थ्यो। पेटको सामान्य खराबी भएर ल्याइएको थियो। बुधबार विस्तृत जाँच गरेर टोखा फर्कने योजना बनाएका थियौं,’ तिवारीले भने, ‘सामान्य अवस्थामा भएकैले चिकित्सकले बेलुका विस्तृत जाँच नगरी भोलिपल्ट बिहान गर्ने योजना बनाएका थिए।’ भर्ना भएका कोइराला आईसीयूकै प्राइभेट…
काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव घटेको छ । तर सतर्क भने हुन बाढी पूर्वानुमान शाखाले नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ । शाखाका अनुसार बुधबारको बाढीका कारण अहिले नदी आसपासमा धेरै लेदो पानी बगिरहेको छ । बुधबारको भन्दा पानीको सतह घटेपनि सावधानी भने अझै अपनाउनुपर्ने शाखाले जनाएको छ । बुधबार नदीमा बाढी आएपछि सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको नदी किनाराका ८५ घर जोखिममा परेका छन् । अहिले त्यहँँका स्थानीयबासिन्दा सुरक्षित ठाउँमा सरेका सीमा प्रहरी कार्यालय लार्चाले जनाएको छ । प्रहरी निरीक्षक खुमलाल भुसालका अनुसार तातोपानी गाविसको १० किलोको लार्चाबाट लिपिङसम्म बाढीले जमिन कटान गरेकाले ती घर उच्च जोखिममा रहेको हुन् ।…
काठमाण्डौ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछन् । खुसीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन हिजो बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फितर मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । इदको अवसरमा…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको छ । बुधबार दिउँसोसम्म अचेत रहेका कोइरालाको बेलुका होस खुलेको छ । अहिले उहाँको अवस्था बुधबार बेलुकाको जस्तै रहेको अस्पतालले जनाएको छ । अझै केही घण्टा उहाँलाई अब्जरभेसनमा राखिने र त्यसपछि मात्र स्वास्थ्य अवस्थाबारे भन्न सकिने डाक्टरले बताएका छन् । डाक्टरहरुका अनुसार उहाँलाई निमोनिया भएको हो । कोइरालाको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।
बार्सिलोना । चर्चित फुटबलर लियोनल मेस्सीलाई २१ महिना जेल सजाय तोकिएको स्पेनी मिडियाहरुले जनाएका छन् । बिबिसीले उल्लेख गरे अनुसार २९ वर्षीय बार्सिलोनी खेलाडी मेसीलाई कर छलेको आरोपमा स्पेनमा जेल सजाय तोकिएको हो । स्पेनमा मेसीका पिता जोर्ज मेसीलाई पनि राजश्व छलेर स्पेनलाई घाटा पु-याएको भन्दै सन् २००७ र २००९ मा जेल सजाय तोकिएको थियो । अनुसन्धानका क्रममा मुद्धा अभियोक्ताहरुले बेइल्ज र उरुग्वेजस्ता ठाउँलाई सम्पती लुकाउन प्रयोग गरिएको बताएका थिए । तर मेस्सीले आर्थिक विषयमा आफुलाई केही पनि थाहा नभएको बताए ।
काठमाडौं । नक्कली सहयोगी बनाएर स्पेनमा मानव तस्करी गरेको आरोप लागेका नेकपा माओवादी केन्द्रका आठ जना सांसदमाथि पार्टीले छानबिन गर्ने भएको छ । स्पेन भ्रमणका क्रममा सहयोगी भन्दै अरु व्यक्तिलाई नै लगेर छाडेको भन्दै प्रहरीले अनुसन्धान थालेपछि माओवादीले पनि छानबिनका लागि समिति गठन गरेको हो । बुधबार बसेको पोलिटब्युरो बैठकले अमिक शेरचनको संयोजकत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भूसाल रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । माओवादीका सांसदहरु गोमा कुँवर, सिर्जना तमारु खत्री, डोरप्रसाद उपाध्याय, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि प्रहरीले अनुसन्धान थालेको…