काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको छ । बुधबार दिउँसोसम्म अचेत रहेका कोइरालाको बेलुका होस खुलेको छ ।
अहिले उहाँको अवस्था बुधबार बेलुकाको जस्तै रहेको अस्पतालले जनाएको छ । अझै केही घण्टा उहाँलाई अब्जरभेसनमा राखिने र त्यसपछि मात्र स्वास्थ्य अवस्थाबारे भन्न सकिने डाक्टरले बताएका छन् ।
डाक्टरहरुका अनुसार उहाँलाई निमोनिया भएको हो । कोइरालाको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।
Facebook Comments Box