झापा । पहिलो पटक युरोकपमा सहभागिता जनाएको वेल्स पोर्चुगलसँग २–० गोल अन्तरले पराजित भएको छ । बुधबार भएको सेमिफाइनल खेलमा पोर्चुगलका कप्तान तथा रियल म्याड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै टीमलाई फाइनलमा पुर्याए ।
इतिहास रच्दै सेमिफाइनल सम्म आइपुगेको वेल्सको भने यात्रा टुंगिन पुग्यो । निकै रोमाञ्चक बनेको वेल्स र पोर्चुगलबीचको खेलको ५० औं मिनेटमा रोनाल्डाले हेडमार्फत आर्कषक गोल गरे ।
यस्तै त्यसको तीन मिनेट पछि उनैको प्रहारलाई नानीले गोलको दिशा दिँदै पोर्चुगलको अग्रता दोब्बर बनाए । यसअघि उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेपिरहेका उनले वेल्सविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेका हुन् । अब पोर्चुगलले फाइनलमा जर्मनी र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेलमा बिहिबार राती हुँदैछ ।
Facebook Comments Box