Author: admin
अाज शनिबार लाेक सेवा अायाेग विशेषमा सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था सम्बन्धी सामाग्री।
काठमाण्डाैं । वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए। तर उनलाई अहिले त्यही हेलिकप्टरको बिल टाउको दुखाई बनेको छ। नेपाली सेनाले मन्त्री पासवानका लागि चार्टर गरिएको हेलिकप्टरको बिल तिरिदिन चार महिनादेखि रक्षा मन्त्रालय हुँदै वातावरण मन्त्रालयलाई ताकेता गरिरहेको छ, तर मन्त्रालयले त्यो आफ्नो कार्यक्रममा प्रयोग नभएको भन्दै पन्छिरहेको छ। मन्त्री पासवान भने बिलले हैरान…
काठमाडौं । काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । काठमाडौं गोकर्णेश्वर नगरपालीकाका रविन लामाको शरिरमा उहाँकी बहिनी उमा लामाको मृगौला प्रत्यारोपण गरेर अस्पतालमा सेवा सुरु गरेको हो । झण्डै साढे ३ घण्टा समय लगाएर डाक्टर प्रेमराज ज्ञवालीसहितको टोलीले मृगौला प्रत्यारोपण सम्पन्न गरेको थियो । चार दिनअघि मृगौला प्रत्यारोपण गरेका विरामी डिस्चार्जका लागि तयार भएकाले जटिल काम पनि सफलतापूर्वक सम्पन्न गरिएको डाक्टर प्रेमराज ज्ञवालीले जानकारी दिए । मृगौला प्रत्यारोपणको टिममा डा पवन राज चालीसे, डा अनिल श्रेष्ठ, डा भोजराज लुईटेल, डा सुरेन्द्र बिक्रम अधिकारी, डा उपेन्द्र जोशीको संलग्न थिए । त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा मुरारी राज…
धुलाबारी । मेचीनगर लेडी जेसीजले शनिबारबाट साताव्यापी कार्यक्रम गर्ने भएको छ । शुक्रबार झापाको धुलाबारीस्थित लेडी जेसीजको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जेसीज जन्मोत्सव अन्तर्गत जनस्तरमै विभिन्न कार्यक्रममा गर्न लागिएको जनाइएको हो । मेचीनगर लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठले शनिबार शान्तिनगरमा स्वास्थ्य शिविरको आयोजना गरी जेसीज सप्ताह शुरु हुने बताइन् । आइतबार चारआलीमा प्रजननसम्बन्धी अन्तरक्रिया, साउन ३ गते वृक्षरोपण, धुलाबारीका रिक्सा चालकहरुलाई माक्स वितरण गर्ने र लागूपदार्थ दुव्र्यसनीविरुद्ध विद्यार्थीलाई तालिम गरिने उहाँले बताउनु भयो । साउन ५ गते काँकरभिट्टामा रक्तदान कार्यक्रमको आयोजना गर्ने श्रेष्ठले बताइन् । लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठको सभापतित्व र महासचिव शोभा श्रेष्ठको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा संस्थापक…
मोरङ । मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि हङकङमा रहेका नेपालीबाट पठाइएको रु एक लाख ७३ हजार ४०० आर्थिक सहयोग बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । लीलामायाको दुःखदायी समाचार सञ्चार माध्यमले प्रकाशित गरेपछि हङकङमा रहनुभएका उर्लाबारी–४ सुष्मा वाईवा, दमक–१ का राजन तामाङ र राजघाट–५ निवासी पद्मा मोक्तानले आफ्नो ठाउँको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग सङ्कलन गरेर पठाएका हुन् । उक्त रकम लीलामायाका दाई अमरबहादुर घिसिङ तामाङलाई हिजो बेलुका हस्तान्तरण गरिएको स्थानीयवासी तेजन खड्काले बताए । हस्तान्तरण कार्यक्रममा उर्लाबारीका अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडा, स्थानीय पत्रिकाका सम्पादक केदार चौहान, समाज सेवामा सक्रिय ज्ञानु योञ्जन लामा, स्थानीय अग्रज पत्रकार हरि कोइराला,…
झापा । सरकारले लगानी बोर्डमा दुई जना सदस्य नियुक्ति गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र उद्योगी राजेशकाजी श्रेष्ठलाई सदस्यमा नियुक्त गरेको हो ।
झापा । प्रमुख दलहरूबीच संसदको कार्यसूचीमा सहमति जुट्न नसकेपछि संसदको बैठक साउन ६ गते सम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले सूचना निकालेर शुक्रबार बोलाइएको संसद बैठक सुरु नै नगरी साउन ६ गते बस्ने गरी अर्को बैठक बाेलाएकी हुन् । सूचनामा साउन ६ गतेको बैठकमा सरकारमाथिको अविश्वासको प्रस्तावमाथि छलफल हुने पनि उल्लेख गरिएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित गर्नुपर्ने थियो । संसद बैठक नै स्थगित भएपछि यी विधेयक पारित नहुने निश्चित भएको छ । दुवै विधेयक पारित नहुँदा सरकारलाई कर तथा ऋण उठाउन समस्या हुन्छ ।
झापा । नेकपा माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् । यसै विषयलाई लिएर पोखरामा शुक्रवार बिहानै युवाहरू आइ एम विथ केपी ओली लेखिएका टिसर्टहरू लगाएर सडकमा उत्रिएका छन् भने काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे ओलीको समर्थनमा एक कार्यक्रम हुँदैछ ।
काठमाण्डौं । लामो समयदेखि संविधानप्रति असन्तुष्टि जनाउँदै आएका तराई मधेसकेन्द्रित दललाई सरकारमा ल्याउन यसपटक कांग्रेस सभापति उदार देखिएका छन् । राम्रा मन्त्रालय दिएर भए पनि उनीहरूलाई सरकारमा ल्याउने तयारी देउवाको छ । ‘मधेसकेन्द्रित दलहरू सरकारमा आए संविधान संशोधन गर्न सजिलो हुन्छ,’ देउवानिकट स्रोत भन्छ, ‘राम्रा मन्त्रालय दिएर भए पनि सरकारमा ल्याउँदा उनीहरूलाई सेटल गर्न सकिन्छ भन्ने छ ।’ मन्त्रालय बाँडफाँटमा कांग्रेसलाई कुन कुन मन्त्रालय ? कांग्रेस स्रोतका अनुसार १२ वटा मन्त्रालय कांग्रेस र आठवटा मन्त्रालय माओवादीले लिने मोटामोटी सहमति छ । सबै मन्त्रालय भागबन्डा नगरिए पनि माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेसले गृह मन्त्रालय लिनेछ । गृहसहित शिक्षा,…
काठमाण्डौं । चलचित्र नमस्ते नेपाल शुक्रबारदेखि प्रदर्शनमा आएको छ । प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ, श्रीजु शाही निर्माता रहेको चलचित्रमा राजु शाहीको निर्देशन छ । राजु शाहीकै कथामा बनेको नमस्ते नेपालमा सबिन श्रेष्ठ, आना बेल्जिएम, श्याम श्रेष्ठ बेल्जिएम, गोपाल ढकाल, आदी बेल्जिएम, जोर्गे बेल्जिएमलगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र युरोपमा सुटिङ गरिएको हो, त्यसैले चलचित्रका कलाकारहरु पनि पनि धेरैजसो विदेशी नै रहेको निमार्ण टोलिले बताए । चन्द्र पन्तको द्वन्द्वमा बनेको चलचित्रको छायांकन बनिश शाहले गरेका छन् । चलचित्रमा संगित दिव्य सुवेदी, वसन्त सापकोटा, र ओम सुनारले दिएका छन् । https://youtu.be/sQRqfJQxL6E