झापा । प्रमुख दलहरूबीच संसदको कार्यसूचीमा सहमति जुट्न नसकेपछि संसदको बैठक साउन ६ गते सम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले सूचना निकालेर शुक्रबार बोलाइएको संसद बैठक सुरु नै नगरी साउन ६ गते बस्ने गरी अर्को बैठक बाेलाएकी हुन् ।
सूचनामा साउन ६ गतेको बैठकमा सरकारमाथिको अविश्वासको प्रस्तावमाथि छलफल हुने पनि उल्लेख गरिएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित गर्नुपर्ने थियो । संसद बैठक नै स्थगित भएपछि यी विधेयक पारित नहुने निश्चित भएको छ । दुवै विधेयक पारित नहुँदा सरकारलाई कर तथा ऋण उठाउन समस्या हुन्छ ।
Facebook Comments Box